एनआरएनएले नेपालमा १ अर्बको लगानी कोष बनायो

काठमाडाैं । गैर अावासीय नेपाली संघले नेपालमा लगानी गर्नका लागि १ अर्बकाे काेष स्थापना गर्ने घाेषणा गरेकाे छ । हङकङमा अाइतबार सम्पन्न एनअारएनएकाे एशिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा प्रथम महिला भेलामा याे काेषकाे घाेषणा गरिएकाे हाे ।

यसैगरी एनअारएनएकाे भेलाले नेपालकाे संविधानकाे धारा २९१ खारेज गर्न माग पनि गरेको छ। संविधानको धारा २९१ ले कुनै देशको स्थायी बसोबासको अनुमति लिएर बसिरहेका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौती गरेकाे भन्दै साे धारा खारेज हुनुपर्ने एनअारएनएले माग गरेकाे हाे । भेला पछि सार्वजनिक गरिएकाे निर्णयमा भनिएको छ’, हङकङ लगायत कतिपय मुलुकमा स्थायी बसोबास अनुमति प्राप्त भएपछि चाहेर पनि परित्याग गर्ने कुनै प्रावधान नभएकोले स्वदेश फिर्ता भएर नेपाली नागरिकका रुपमा मौलिक हकको उपभोग गर्न नपाइने अवस्था भएकोले संविधानको धारा २९१ को खारेजी गर्न नेपालका सबै राजनीतिक दल र संघीय संसदलाई अनुरोध गर्दछ।’

संविधान जारी भएदेखि नै एनआरएनए हङकङ लगायतले यो धारा खारेजीको माग गर्दै आएका थिए। अब एनआरएनएले यसलाई आफ्नो एउटा मुख्य मागका रुपमा अगाडि सारेको छ।

एशिया प्रशान्त क्षेत्रका १७ देशका करिब तीन सय सहभागीबीच एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेले ‘हङकङमा बसोबास गर्ने नेपालीले हङकङको नागरिकता नभएर आइडी मात्र लिएको र नागरिकताको विषय सबैभन्दा संवेदनशील रहेको’ भन्दै यो विषयलाई गम्भिरतापूर्वक लिन एनआरएनएको नेतृत्वलाई सुझाव दिएका थिए।

शनिबार र आइतबार दुई दिने सम्मेलनले नेपालको पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न ११ अर्बको कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। ‘नेपाल सरकारसँगको सहकार्यमा १०० मिलियन डलर (करिब ११ अर्ब रुपैयाँ) को मल्टी इन्भेष्टमेन्ट भेइकल खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने निर्णय गर्दछ’, सम्मेलनपछि जारी विज्ञप्तीमा भनिएको छ। तर त्यो कोष कसरी स्थापना गर्ने र पूर्वाधारका कुन कुन क्षेत्रमा लगानी गर्ने खुलाइएको छैन।

यो निर्णयअघि कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले प्रमुख अतिथिका रुपमा सम्मेलनलाई सम्बोधन गर्दै ‘ढुक्कैसँग लगानी गर्ने वातावरण तयार गर्ने’ भन्दै एनआरएनएलाई पनि सरकारले जस्तै पाँच वर्षे योजना लिएर आउन आग्रह गरेका थिए। कार्यक्रममा हङकङस्थित नेपाली महावणिज्यदूत कमलप्रसाद भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको शुभकामना सन्देश पढेर सुनाएका थिए।

सम्मेलन उद्घाटन समारोहलाई एनआरएनएका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, उद्योगी राजेन्द्र खेतान लगायतले सम्बोधन गरेका थिए। छैठौं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा हङकङ, कोरिया, जापान, सिंगापुर, मलेसिया, चीन, मकाउ, थाइल्याण्ड, म्यानमार, रसिया, कतार, अष्ट्रेलिया, बेल्जियम, अमेरिका, बेलायत, जर्मनी र युएईबाट करिब तीन सय सहभागी भएका थिए।

यस्ता छन् गैरआवासीय नेपाली संघ छैठौ एशिया प्रशान्त क्षेत्रीय बैठक र पहिलो महिला भेलाका निर्णयहरु:

गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम महिला भेला माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यतामा ‘समृद्ध नेपालका लागि लगानी र रोजगारः दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने मूल नाराका साथ १८ देशका ३ सय प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय छैठौं बैठक डिसेम्बर ९, २०१८ का दिन हङकङमा सम्पन्न भयो। माननीय परराष्ट्र मन्त्रीको कार्य व्यवस्तताका कारण आपूm उपस्थिति हुन नसकेता पनि उहाँले पठाउनु भएको सन्देश हङकङका महावाणिज्यदूत कमलप्रसाद भट्टराईले पढेर सुनाउनु भयो। संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षक, पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न यस बैठकका निर्णयहरुः

१. गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा हुने विभिन्न साना तथा मभ्mयौला लगानीहरुलाई प्रोत्साहन गरी भावानात्मक र व्यवसायिक रुपमा प्रबद्र्धन गर्न र कानुनी सरलता र सहजिकरणका लागि नेपाल सरकारलाई अनुरोध गर्दछ।

२. वैदेशिक रोजगारबाट विभिन्न ज्ञान, सीप र प्रविधि सिकेर फर्किएका नेपालीहरुलाई आर्थिक सहयोग पुर्याई मुलुकको समृद्धिलाई सहयोग गर्न २० करोड पूँजीको लगानीमा एनआरएन लघुवित्त संस्था खोलिने छ।

३. म्याग्दी जिल्लाको कुईने मंगले गाउँपालिका अन्तर्गत पर्ने ठूलो खोलामा ३५४ मिटर हेड भएको मध्यम स्तरको जलविद्युत आयोजना सम्पन्न गर्न नेपालभित्र र गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा उर्जा कम्पनी खडा भइइसकेको छ। आर्थिक रुपमा अत्यन्त आकर्षित सो आयोजनामा संसार भरीका गैरआवासीय नेपालीहरुलाई संयुक्त लगानीमा साझेदारी गर्न बैठक आव्हान गर्दछ।

४. नेपाल सरकारसँगको सहकार्यमा १०० मिलियन डलरको मल्टी इन्भेष्टमेन्ट भेइकल खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीहरुलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने निर्णय गर्दछ।

५. नेपालको ऐतिहासिक महत्व राख्ने सिन्धुलिगढी परियोजनाका लागि नेपाल सरकार र स्थानीय सरकारसँग पहल गरी साझेदारी मोडेलमा विकास गर्न पहल गर्ने निर्णय गर्दछ।

६. नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शसँग सहकार्य गरेर विश्वका २० विकसित देशहरुसँग आर्थिक विकास सम्झौता (इडिए), द्वैध कर निषेध सम्झौता (डिटिए) र विप्पा सम्झौता गराउन पहल गर्ने निर्णय गर्दछ।

७. गैरआवासीय नेपाली संघको संलग्नतामा खडा भएको उज्यालो नेपाल फाउण्डेशन मार्पmत देशमा १ करोड पुराना चिमबत्तीलाई आधुनिक एलईडीमा परिवर्तन गरी ३०० मेगावाट किफायत गराउने परियोजनालाई अगाडि बढाउने निर्णय गरियो।

८. ६० प्रतिशत नेपालीहरु संलग्न भई देशको ३५ प्रतिशत (जिडिपि) धानिरहेको कृषि क्षेत्रलाई आधुनिक कृषिमा परिवर्तन गर्नको लागि विदेशमा सिकेको कृषि सम्बन्धि सीपलाई नेपालमा भित्र्याई आधुनिक कृषि क्षेत्रका परियोजनाहरुलाई अगाडि बढाउने निर्णय गर्दछ।

९. संविधानको धारा २९१ ले कुनै देशको स्थायी बसोबासको अनुमति लिएर बसिरहेका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौति गरेको छ। हङकङ लगायत कतिपय मुलुकमा स्थायी बसोबास अनुमति प्राप्त भएपछि चाहेर पनि परित्याग गर्ने कुनै प्रावधान नभएकोले स्वदेश फिर्ता भएर नेपाली नागरिकका रुपमा मौलिक हकको उपभोग गर्न नपाइने अवस्था भएकोले संविधानको धारा २९१ को खारेजी गर्न नेपालका सबै राजनीतिक दल र संघीय संसदलाई अनुरोध गर्दछ।

१०. गैरआवासीय नेपाली नागरिकता उपलब्ध गराउन संविधानमा व्यवस्था भएकोलाई यो बैठक स्वागत गर्दै अब बन्ने कानुन र ऐनमा नेपाली नागरिक सरहको अधिकार सुनिश्चित गर्न यो बैठक आग्रह गर्दछ।

११. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउने, महिला फोरमको सकृयतामा गत वर्षबाट शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय समन्वय परिषद्मा यथा सम्भव महिला सहभागिता सुनिश्चित गराउने निर्णय गर्दछ।

१२. एसिया प्रशान्त क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको सर्वांगीण विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दछ। विदेशमा नेपाली पाठ्यक्रम अनुसार संचालन भैरहेका विद्यालयहरुलाई मान्यता दिई परीक्षा प्रणाली लगायतका सहजीकरणका काम सरल रुपमा गर्न र दूतावास मार्फत निरीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्दै बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ।

१३. वैदेशिक रोजगारमा गई विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दार तथा सहयोगका लागि भइरहेका कार्यलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गर्दछ।

१४. भूतपूर्व गोरखा सैनिकको जायज मागलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्न यो बैठक नेपाल सरकारसँग अनुरोध गर्दछ।

१५. यो बैठक सफलतापूृर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, हङकङ स्थित महावाणिज्य दुतावास, हङकङ सरकार, सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्, आयोजक राष्ट्र, प्रायोजक, स्वयम्सेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद

Loading...