शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गर्यो

काठमाडाैं । शिक्षक सेवा आयोगले गत असारमा लिइएकाे अस्थायी शिक्षककाे नतिजा प्रकाशन गरेकाे छ । मंगलवारदेखि नतिजा प्रकाशन गर्न सुरु गरेकाे अायाेगले अाइतबार प्राथमिक तहकाे नतिजा प्रकाशन सुरु गरेकाे छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेकाे छ । अायाेगले प्राथमिक तहकाे नतिजा छुट्टाछुट्टै जिल्लागत रुपमा प्रकाशन सुरु गरेकाे छ । यसअघि मावि र निमावि तहको नतिजा भने विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको थियाे ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

Loading...