काठमाडौंको रातोपुलमा प्रहरीले दिउँसै लिम्बुलार्इ गोली दाग्दै लखेटेर यसरी समात्यो

काठमाडौं, २१ मंसिर । विभिन्न ठाउँमा लुटपाट गरी भाग्दै अाएका राजन लिम्बुलार्इ प्रहरीले काठमाडाैंकाे राताेपुलबाट गिरफ्तार गरेकाे छ । लिम्बुलाई पक्राउ गर्ने क्रममा प्रहरीले रातो पुलमा गोली समेत चलाएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लिम्बुलार्इ गोली प्रहार गरेर पक्राउ गरेर पक्राउ गरेको हो । खुट्टामा गोली लागेका लिम्बुकाे वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गर्न गएको टोलीमाथि गोली चलाउन खोजेपछि जवाफी कारबाही गरिएको महाशाखा प्रमुख धीरजप्रताप सिंह जानकारी दिएका छन् ।

लिम्बूको साथबाट एक पेस्तोल र ४ राउन्ड गोली पनि बरामद भएको प्रहरीले जनाएकाे छ। भक्तपुरकाे दत्तात्रयका माधव नेपालीको हत्यामा कैद भुक्तान गरेर अाएका लिम्बू १२ वर्षदेखि विभिन्न ठाउँमा डकैती गर्दै भाग्दै अाएकाे प्रहरीकाे दावी छ । प्रहरीले लिम्बूको २०६२ सालयताकाे आपराधिक गतिविधिको फेहरिस्त नै सार्वजनिक गरेको छ ।

अन्तिमपटक गत मंसिर १२ गते उनले सुनसरी इटहरीस्थित आइएमर्इबाट एक व्यक्तिलाई छुरा प्रहार गरी तीन लाख रुपैयाँ लुटेका थिए। सो मुद्दामा उनी फरार लिम्बूलाई प्रहरीले खोजी गरिरहेको थियो। महाशाखा प्रमुख सिंहका अनुसार ४६ वर्षका लिम्बू काठमाडौंकाे अनामनगरमा अस्थायी रुपमा बस्थे। इटहरी नगरपालिका-५ घर भएका लिम्बू राजधानी तथा बाहिर लुटपाटका घटना गराउँथे।

महानगरीय प्रहरी परिसरबाट डाँका मुद्दामा फरार प्रतिवादी थमन गुरुङ समेतका ६ जनाको समूहले हातहतियार देखाएर सन्तोष लिम्बूलाई २०६२ कात्तिक २ गते नियन्त्रणमा लिई डकैती गरेका थिए। नगद तथा जिन्सी डाँका गरी लगेको भनी उनीसमेतलाई कारबाहीको जाहेरी परेको थियो।

२०६३ साउन ३० गते काँठमाडौं परिसरबाट मुद्दा दायर भएकोमा उनी फरार थिए। गेस्ट हाउसबाट हतियार देखाई ८६ हजार ५ सय रुपैयाँ डकैती गरेको उजुरी परिसरमा परेको थियो। २०६३ असोज २१ गते गेस्ट हाउसको काउन्टटरमा गएर पेस्तोल देखाएर ३ लाख ६१ हजार बराबरको धनमाल लुटेको मुद्दामा लिम्बू फरार थिए।

२०६३ भदौ २० गते नै लिम्बू समेतले काठमाडौंका एक व्यक्तिको कार्यालय छिरेर पेस्तोल देखाई ११ लाख ३० हजार ९२२ रुपैयाँ डकैती गरेका थिए। सो मुद्दामा उनी फरार थिए। यस्तै, २०७३ फागुन १५ गते झापा काँकडभिट्टामा डाँका गरेको फेला परेको छ। उनले पूर्णबहादुर लुङ्गेली मगरसमेतका व्यक्तिहरूको साथबाट एक लाख रुपैयाँ लुटेको जाहेरी परेको थियो।

यी सबै घटनाको पृष्ठभूमि अध्ययन गरिरहेको महाशाखाले शुक्रबार पक्रन खोज्दा दोहोरो भिडन्त गराउन खोजेको र त्यसक्रममा जवाफी कारबाही गरिएको जनाएको छ।

Loading...