बैंकर्स एशोसियसनमा ३ बैंकका सिइओ कार्यसमितिमा थपिए

काठमाडौँ, २१ मङ्सिर । नेपाल बैंकर्स एशाेसियसनको कार्यसमितिमा तीन जना थप निर्वाचित भएका छन् । बिहीबार सम्पन्न ३२ औँ साधारणसभाबाट उनीहरु निर्विराेध निर्वाचित भएका हुन् । 

खाली तीन सदस्यमा तीन जनाको मात्रै उमेदवारी परेकाले साधारणसभाले यसलाई नै अनुमोदन गरेको हो। नयाँ निर्वाचित भएका सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा रहेका छन् ।

बिहीबार सम्पन्न ३२ औँ साधारणसभाले तीन सदस्य थप भएर सङ्घको ११ सदस्यीय कार्यसमिति पूरा भएकाे छ । बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हटेलगत्तै संघको पद पनि खाली हुन्छ। सुदेश खालिङ लक्ष्मी बैंकबाट बाहिरिएपछि संघमा एक पद खाली भएको थियो। त्यसैगरी पहिलेदेखि दुई पद रिक्त रहेकाे थियाे । रिक्त रहेकाे साे ठाउँमा पर्शुराम कुँवर क्षेत्री र रत्नराज बज्रचार्य अन्तरिम कार्यभार सम्हाल्ने गरी रहेका थिए । 

साधारण सभामा यसअघि अन्तरिम कार्यकारी सदस्यका रुपमा रहेका कुँवर र बज्रचार्यले उमेद्वारी दिएनन । कुँवरले नयाँलाई ठाउँ दिन अाफूले उम्मेदवारी नदिने बताएका थिए भने बज्रचार्यले सनराइज बैंकमा आफ्नो कार्यकाल मे महिनामा सकिन लागेकाले छोटो अवधिका लागि संघमा नबस्ने भन्दै उम्मेदवारी दिएनन् । 

 

 

Loading...