नेकपानिकट जनस्वास्थ्यकर्मी महासंघले पायो पूर्णता, यसरी छानिए नयाँ पदाधिकारी

जीवन्तको हवाला दिंदै सञ्चारमाध्यममा अाएकाे समाचारप्रति आपत्ती

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले कार्यसमितिलाई पूर्णता दिएको छ । प्रमोद योगीको अध्यक्षतामा दोश्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिमा बाँकी पदाधिकारीहरु चयन गर्दै प्रथम बैठक सम्पन्न भएको खबर छ ।

काठमाडौँमा सम्पन्न प्रथम बैठकले महासंघको वरिष्ठ उपाध्यक्षमा नरबहादुर थापा, उपाध्यक्ष भैरव बोहोरा, महासचिव रामकुमार श्रेष्ठ, सचिव जयराम रायमाझी, सह–सचिव फुलराम चौधरी र कोषाध्यक्षमा योगेन्द्र यादवलाई चयन गरेको छ ।

बैठकले भेलाबाट निर्वाचित ३१ सदस्सिय केन्द्रिय समितिको नामावली पनि सार्बजनिक गरेको छ । निर्वाचित सदस्यहरु पिताम्बर भुर्तेल, रत्ना शर्मा, कैलाशचन्द्र लामा, बिनोद रावल, रमानन्द देवकोटा, अमर केसी, लोकबहादुर बुढाथोकी, युगेश्वर शर्मा, टंक शिवाकोटी, स्वर्णिम विक, सरस्वती श्रेष्ठ, अम्बिका पाठक, अरविन्द आचार्य, नविन बस्नेत, मिना गैरे, रमणीय बोगटी, डा. अशोकचन्द्र श्रेष्ठ, विनोद सावद, भिम तामाङ, भरत खत्री, लोकेश जोशी रहेका छन् ।

बैठकले केही अनलाइनले प्रकाशित गरेको भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाएको छ । बैठकका निर्णय सार्बजनिक गर्न महासंघका अध्यक्ष प्रमोद योगीले जारी गरेको बिज्ञप्तिमा गलत समाचारप्रति बैठकले आपत्ति प्रकट गर्दै खण्डन गरिएको जानकारी दिइएको छ ।

बिज्ञप्तिमा भनिएको छ- “इरातो खबर अनलाइनमा जवस मोर्चाका फ्याक्सन इन्चार्ज जीवन्तको हवाला दिंदै दोश्रो भेलाबाट निर्वाचित यस महासंघका अध्यक्ष प्रमोद योगी (चिरञ्जीवी) संगठनमा नरहेको भन्दै प्रसारित समाचारप्रति बैठकले गम्भीर आपत्ती प्रकट गर्दै इन्चार्ज जीवन्तकै प्रमुख आतिथ्यमा सम्पन्न भएको राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्षका बिषयमा भेलाको म्यान्डेट विपरित आएको अभिव्यक्तिलाई उदृत गर्दै प्रसारित समाचारप्रति घोर भत्र्सना गरेको छ ।”

यस्तै पार्टीको माथिल्लो निकायको आधिकारिक निर्णय, सर्कुलर र विज्ञप्ति विना अनाधिकृत रुपमा प्रकाशित त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्न सम्पूर्ण जनस्वास्थ्यकर्मी महासंघमा आवद्ध सम्पूर्ण सदस्य, पार्टीका नेता, कार्यकर्ता, पत्रकार, समर्थक शुभचिन्तक एवं सम्पूर्ण जनसमुदायलाई भ्रममा नपर्न आग्रह समेत बैठकले गरेको छ ।

बैठकले संगठन दर्ताको लागि आवश्यक कागजातसहित तत्काल प्रक्रिया थाल्ने निर्णय गरिएको छ । संगठन विस्तार र सुदृढीकरण गर्न शहरकेन्द्रीत व्यूरो स्तरीय कार्यविभाजन गरिएको जनाएको छ । साथै राष्ट्रियता र पेशागतका विषयबारे देशैभर अन्तरक्रिया गोष्ठीसँगै देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

देशव्यापी रुपमा भइरहेको स्वास्थ्य क्षेत्रमा अनियमितता, भ्रष्टाचार, उपचारमा चर्को मुल्य असुल्ने माफिया दलालहरुको लिस्ट तयार गरि सार्वजनिक गर्ने साथै प्रत्येक सरकारी अस्पताललाई सेवा सुचारु र दैनिक जीवनसँग जोडिएको नागरिकहरुको सहज सुलभ तरिकाले उपचार गर्ने गराउने उद्देश्य राखी महासंघले एक कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

महासंघले मौषमजन्य विपत्ति र दुर्घटना भौगोलिक अवस्थालाई मध्यनजर गरी स्वस्थ चेतना र निशुल्क स्वास्थ्य क्याम्प राख्ने, पेशागत एजेण्डाहरुमा एकमत हुनका लागि साझा एजेण्डा बनाउन अन्य संगठनहरुसँग सहकार्य गरेर साझा धारणासहित अघि बढ्न पहल गर्ने निर्णय गरेको छ ।

यस्तै जनशक्ति उत्पादन, दक्षता र क्षमता अनुसारको जिम्मेवारी र श्रमको ज्यालाबारे बैज्ञानिक ढंगले निर्धारण गर्न एक कार्यदल बनाई जहाँ समस्या छन् त्यहाँको अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने र पहल पनि लिने निर्णय गरेको अध्यक्ष योगीले जनाएका छन् ।

यस्ताे छ विज्ञप्ति

Loading...