प्रहरी चौकीमा ‘लेटर वम’को हंगामा

एजेन्सी । नर्वेली प्रहरी चौकीमा एउटा ‘लेटर वम’ भेटिएपछि प्रहरीको विस्फोटक पदार्थ व्यवस्थापन टोलीले यसलाई निष्क्रिय पारेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

विश्वकै शान्त मुलुकहरू मध्येको एक स्काडिनेभियाली मुलुकमा हिंसाका घटना विरलै सुनिने भएपनि उक्त शक्तिशाली विस्फोटक पदार्थ राजधानी ओस्लोदेखि दक्षिणपूर्वमा रहेको स्की प्रहरी चौकीलाई लक्षित गरी गोप्य रूपमा पठाइएको जनाइएको छ ।

चौकीमा कार्यरत एक कर्मचारीले उक्त कागजको प्याकभित्र विस्फोटक पदार्थ रहेको शङ्का लागेको बताएपछि चौकी खाली गरी यसलाई सुरक्षित रूपमा विस्फोट गराइएको थियो । सुरक्षाकर्मीको विस्फोटक पदार्थ निष्क्रिय टोलीले कागजको खाममा राखिएको उक्त घरेलु वम प्याक खोल्दा विष्फोट हुनेगरी राखिएको जनाएको छ ।

निष्क्रिय पारिएको वमले सुरक्षाकर्मीलाई क्षति पु¥याइने गरी बनाइएको मध्यमखालको विस्फोटक पदार्थ थियो, प्रहरी आयुक्त स्टेभेन हासेलडालले सञ्चारकर्मीलाई बताए।

उनले भने, “यो गम्भीर अपराध हो । हामीले यसलाई प्रहरीविरूद्धको आक्रमणका रूपमा लिएका छौँ । सावधानी नअपनाएको अवस्थामा यसले धेरै क्षति पु¥याउन सक्थ्यो ।”

समाचार तयार पार्दासम्म प्रहरीले कुनै समूहमाथि आशङ्का नगरेको तर अनुसन्धान गरिरहेको जनाएको छ । नर्वेमा प्रहरीलाई सम्मानसाथ हेर्ने गरिन्छ । यहाँका प्रहरी अधिकारीहरू प्राय हतियारविना नै आफ्नो सेवामा खटिने गर्छन् ।

Loading...