निर्मलाका हत्यारा नजिक प्रहरी, आयो सामूहिक बलात्कारपछि हत्या भएको नयाँ तथ्य

काठमाडाैं, २१ मंसिर । लामाे समयदेखि निकै चर्चामा रहेकाे निर्मला पन्तकाे हत्यारा नजिक पुगेकाे प्रहरीले दावी गरेकाे छ । अनुसन्धानकाे पछिल्लाे रिपाेर्ट अनुसार निर्मलाकाे सामूहिक बलात्कार भएकाे प्रहरी दावी छ ।

यसै क्रममा प्रहरीले निर्मलाकाे सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा चार जना युवालाई पक्राउ गरेकाे छ । त्यसमध्ये १ जना काठमाडाैंमै पक्राउ परेका थिए भने बाँकी तीन जना कन्चनपुरमै पक्राउ परेकाे बुझिएकाे छ । ती सबैलार्इ काठमाडाैं ल्याएर प्रहरीकाे केन्द्रीय अपराध अनुसन्धान ब्यूराेले बयान लिइरहेकाे बुझिएकाे छ । प्रहरीले प्रारम्भिक आधार भेटिएपछि कन्चनपुरबाट समातिएका तीन जना युवकलार्इ धनगढी विमानस्थल हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।

पक्राउ पर्ने मध्ये कन्चनपुरकाे भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २२ वर्षीय प्रदिप रावल, भगतपुरकै दिनेश चौधरी र विशाल चौधरी रहेका छन् । अर्का एक व्यक्तिकाे नाम थाहा हुन सकेकाे छैन । ती सबैलार्इ महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

नेपाल प्रहरीका एक अधिकारीले भने ‘अहिलेसम्मको अनुसन्धानमा सामूहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ । त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ । अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ । उनले डिएनएलगायत प्राविधिक परीक्षणको रिपोर्टबाट मात्र वास्तविकता पत्ता लाग्ने बताए । डिएनए रिपोर्ट पर्खनकै लागि प्रहरीले प्रदीपलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा म्याद थप गरेर थुनामा राखेको उनकाे भनाइ छ ।

पक्राउ परेकाहरू लागुऔषध दुव्र्यसनी रहेको र विगतमा पनि अपराधमा जोडिएको प्रहरी स्रोतको दाबी छ । घटनाको दिन निर्मलाको शव भएकै क्षेत्रमा उनीहरूको उपस्थिति देखिएको र घटनापछि शंकास्पद गतिविधि देखाएकाले पनि उनीहरूलाई पक्राउ गरेरै अनुसन्धानको दायरामा ल्याइएको प्रहरीको भनाइ छ । त्यस्तै काठमाडौंमा पक्राउ परेका प्रदीपले निर्मलास“ग चिनजान भएको भन्दै हिँडेको पत्ता लागेको पनि प्रहरीले जनाएको छ । निर्मला आफ्नो गर्लफ्रेन्ड भनेर आफूले केही ठाउ“मा गफ दिएको उनले प्रहरीस“ग पनि स्विकारेका छन् ।

पक्राउ परेकामध्ये केहीले अपराध स्वीकार गरे पनि नतिजा भने डिएनए रिपोर्टमै निर्भर हुने स्रोत बताउँछ । अभियुक्तले साबिती बयान नै दिए पनि डिएनए रिपोर्ट नमिलेमा मुद्दा नचल्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले छिटो प्रक्रियाबाट उनीहरूको डिएनए परीक्षण गराउँदै छ ।

यसअघि दिलीपसिंह विष्टले पनि सुरुमा प्रहरीसँग साबिती बयान दिएका थिए । विष्टलाई प्रहरीले अभियुक्तका रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । तर, पछि डिएनए रिपोर्ट नमिलेपछि नक्कली अभियुक्त खडा गरेको भन्दै आन्दोलन चर्किएको थियो । त्यसैले पक्राउ परेका व्यक्तिहरूविरुद्ध बलियो प्रमाण संकलन भए मात्र औपचारिक रूपमा बोल्ने प्रहरी तयारी छ । 

तर, पछिल्लाे समय पक्राउ परेका युवकका अाफन्तले भने प्रहरीले फेरि पनि नक्कली हत्यारा उभ्याउन लागेकाे बताएका छन् । यसअघि हत्यारा भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्टकाे जस्तै यी युवकलार्इ फसाउन लागिएकाे भन्दै उनका अाफन्तले सही रुपमा छानविन गर्न अाग्रह पनि गरेका छन् । पक्राउ परेका मध्ये विशाल चाैधरीकी अामाले अाफ्नाे छाेराे निर्दाेष रहेकाे भन्दै छाेरालार्इ फसाउन खाेजिएकाे बताएकी छन् । त्यसैगरी प्रदिपका काका बलबहादुर रावलले पनि प्रहरीले कमजाेर अार्थिक अवस्था भएका व्यक्तिलार्इ फसाउन खाेजेकाे भन्दै  बिष्टलार्इ फसाए जस्तै नगर्न अाग्रह गरेका छन् । 

Loading...