कोशी अञ्चल अस्पताललाई महानगरले दियो एसी सुविधा

विराटनगर, १८ मङ्सिर । विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई आज पाँच थान वातानुकूलित यन्त्र प्रदान गरेको छ ।

अस्पताललाई प्रदेशको उत्कृष्ट बनाउन आवश्यक सुधारका क्रममा उक्त वातानुकूलित सामग्री प्रदान गरिएको हो । सो अवसरमा महानगरका प्रमुख भीम पराजुलीले सबैको सहयोग रहे अस्पतालले न्यूनतम शुल्कमा प्रदेशका जनतालाई सम्पूर्ण सेवा प्रवाह गर्न सकिने बताए ।

उनले अस्पतालमा सबैको पहुँच पुग्ने गरी विकास र चिकित्सकीय सामग्री उपलब्ध गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरलले उक्त वातानुकूलित यन्त्र बुझ्दै सबैले यो अस्पताल मेरो हो भनी काम गर्नसके सेवाको प्रवाह सहजरुपमा प्रदान गर्न सकिने विश्वास व्यक्त गरे ।

Loading...