मिस वर्ल्डमा श्रृङ्खलाले जितिन एकैसाथ दुर्इ अवार्ड

काठमाडाैं, १७ मंसिर । चीनकाे सान्यामा भइरहेकाे मिस वर्ल्डकाे अन्तिम ३० का लागि भएकाे प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला खतिवडाले २ वटा महत्वपूर्ण सफलता हात पारेकी छन् ।

श्रृङ्खलाले मिस वर्ल्डको मल्टिमिडियासँगै ब्युटी विथ द पर्पस अवार्ड पनि जितेकी छिन्। यससँगै उनी दुर्इ वटा अवार्ड जितेर अन्तिम ३० मा पर्न सफल भएकी छन् । महत्पूर्ण दुर्इवटा अवार्ड जितेपछि श्रृङ्खलाले हतारमा एउटा भिडियाे अपलाेड गर्दै अाफ्नाे खुसी साटेकी छन् । उनले सबैलार्इ धन्यवाद समेत दिएकी छिन्।

श्रृङ्खलाले मल्टिमिडियामा मेक्सिकाे र केन्यालार्इ पछि पारेकी हुन् । मल्टिमिडिया राउण्डमा फेसबुक, मोबस्टार एप, मिस वर्ल्डको वेबसाइट आदिबाट प्राप्त भोटकाे गणना हुन्छ। पर्यटनलार्इ प्रवर्धन गर्ने भिडियो बनाएको अाधारमा दिइने टुरिज्म अवार्डमा भने उनी तेस्रो बनेकी छिन्। उनी भन्दा अगाडि केन्या र चाइना भए।

‘टप-३०’ को अन्तिम लिस्ट तयार भएपछि समूह विभाजन गरी उनीहरुबीच थप प्रतिस्पर्धा हुनेछ। त्यो प्रतियोगिताबाट ‘टप-१५’ छनोट हुनेछन्। त्यसपछि ती १५ जना प्रतियोगीहरु बीचबाट ‘टप-५’ छानिनेछन्। यसरी छनोट भएका ‘टप-५’ बाट तीन जना क्रमैसँग मिस वर्ल्ड, फर्स्ट रनर अप र सेकेन्ड रनर अपका रुपमा छनोट हुनेछन्। बाँकी दुई जनाले भने निराश हुनु पर्नेछ।

यसअघि हेड टु हेड च्यालेन्जमा पराजित भएपछि श्रृंखलाले अाफ्ना शुभचिन्तकलार्इ भावुक भिडियाे सन्देश दिएकी थिइन् । सिङ्गापुरकी सुन्दरीसँग पराजित भएपछि श्रृङ्खलाले अाफूलार्इ पराजित गर्ने सिङ्गापुरकी सुन्दरीलार्इ नराम्रा कमेन्ट नगरिदिन अाग्रह गरेकी थिइन् । अलि भावुक भएर उनले अाफ्ना सबै शुभचिन्तकलार्इ सहयाेग गरेकाेमा धन्यवाद दिँदै सबैकाे साथमा पाएमा अझै केही गर्न सक्ने ठाउँ रहेकाे बताएकी छन् । 

श्रृङ्खला हेड टु हेड च्यालेन्जमा पराजित भएपछि सामाजिक सन्जाल र यू ट्यूवमा धेरै खालका प्रतिक्रिया अाएका थिए । कमेन्टहरु धेरै अाउन थालेपछि उनले यस्ताे भिडियाे सन्देश पाेष्ट गरेकी थिइन् । उनले अाफ्नाे भिडियाे सन्देशमा हेड टु हेड च्यालेन्जमा पछि परे पनि अझै १७ वटा विधा बाँकी नै रहेकाे जानकारी पनि दिएकी थिइन। उनले हेड टु हेड च्यालेन्जमा अाफूले तयारी गरेकाे भन्दा दुर्इ लाइन कमी भनेकाले बिग्रिएकाे स्वीकार गरेकी थिइन । सिङ्गापुरकी सुन्दरी अाफ्नी साथी भएकाेले पनि उसलार्इ केही नभनिदिन अाग्रह उनकाे थियाे । उक्त सन्देश अाएकाे केही दिनमै उनले एकैसाथ दुर्इ अवार्ड हात पारिन । 

यस्ताे थियाे श्रृङ्खलाकाे भिडियाे सन्देश 

नमस्ते नेपाल।

हेड टु हेड च्यालेन्जको भिडियो युट्युबमा पोस्ट भैसकेको छ। यहाँहरूले हेरिसक्नु भयो होला। म र सिंगापुरसँगै परेका थियौं। हाम्रो च्यालेन्जमा सिंगापुरकीले जितिन्। युटुयुबमा अपलोड हुँदा कस्तो प्रतिक्रिया आउने होला भनेर डर लागिरहेको थियो। हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाईहरूको अपेक्षा पूरा गर्न सकिनँ भनेर। तर, सिंगापुरले डिजर्भ गरेको थियो र उसैले जित्यो। त्यसैले प्लिज युट्युबमा नेपालले जित्नुपर्थ्यो। सिंगापुरले किन जित्यो नभन्नु होला। ऊ मेरो राम्रो साथी पनि हो। म एकदम खुसी छु ।

अवश्य पनि मन थियो, नेपालका लागि हेड टु हेड च्यालेन्ज पनि जितेर टप ३० मा पुग्ने । तर नआत्तिनुहोला ।अझै पनि ३० वटामध्ये १७ वटा स्पट खाली नै छन्। त्यसैले यो नैअन्त्य होइन। सरी, भन्न चाहन्छु। राम्रो गर्न सक्थेँ अझै। तर हामीलाई ब्रिफिङमा चाहिँ अाफ्नो प्रोजेक्ट प्रस्तुत नगर्नु होला। यो प्रस्तुती शैलीबारे मात्रै हो भनिएको थियो। मैले त्यही ब्रिफिङ फलो गरेँ। साढे एक मिनेट मात्रै समय थियो। टाइम लिमिटले नै धोका दिने हो कि भनेर मैले एकदम धेरै पूर्वतयारी गरेकी थिएँ। सायद धेरै तयारी पनि भयो कि के भयो, बीचमा बोल्दाबोल्दै एक-दुई लाइनचाहिँ भन्न छुटेको रहेछ। सायद त्यो कनेक्ट नभएर। मैले आफै पनि युट्युबमा भिडियो हेर्दा त्यति कनेक्टेड आफैलाई पनि फिल भएन।

सरी नेपाल !यत्रो भोट गरेर टप २० मा पुऱ्याइदिनुभयो। टप १० मा हेड टु हेडमा पुग्न सकिनँ। तर अझ पनि आशावादी छु- टप ३० मा पुग्न सक्छु भन्रे। अझै १७ वटा स्पट खाली नै छन्। त्यसैले हार नमान्दिनु होला। यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भन्रे सोच्न मात्रै आउँछ। नेपाल आएर धेरै काम गर्न मन छ।

मलाई पब्लिक फिगर हुन मन थिएन। पब्लिक फिगर भैसकेपछि आफ्नो आवाज बलियो हुन्छ र त्यो आवाज म कसैका लागि प्रयोग गर्न सक्छु भन्ने कुराले मात्रै मलाई मिस नेपालमा तानेको थियो। मिस वर्ल्ड पनि मेराे अावाज बलियो बनाउने माध्यम मात्रै हो।

म एउटा मान्छेले पनि संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा हृदयदेखि विश्वास गर्छु। सायद अलि बढी कुरा गरी जस्तो लाग्छ होला। तर मलाई थाहा छ, मैले भनेका कुराहरू कति इमान्दारीका साथ भन्छु र कति विश्वासका साथ भन्छु।

९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरेँ। भविष्यको योजना के हो प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो। मैले त्यसमै फोकस गर्न खोजेँ। सायद अति तयारी भयोजस्तो लाग्यो। भिडियो हेरेर मैले महसुस गरिसकेँ। सिंगापुरले डिजर्भ गरेको थियो। सिंगापुरले मेहनत गरेर जितेको थियो। उसलाई पनि सपोर्ट गरिदिनुस्। कमेन्टमा नेपालले जित्नुपर्थ्यो भनेर भन्दाखेरि पक्कै पनि उसलाई राम्रो लाग्दैन् र हाम्रो पनि एउटा राम्रो व्यवहार देखिदैँन। जसरी फुटबल म्याचमा सौहार्दपूर्ण वातावरणमा हामीले जिते पनि हारे पनि स्वीकार गर्नुपर्छ। अरुको जितमा पनि रमाउनुपर्छ। त्यसै गर्न सिकौं।

सरी, मेरो साइडबाट मैले गर्न सकिनँ। तर सिंगापुरलाई पनि पक्षपात नगरिदिनु होला। यति धेरै माया गर्नुभएकोमा धन्यवाद। सबैलाई माया।अझै पनि मौका छ। ब्युटी विथ द पर्पस् ।अनि मल्टिमिडिया अवार्ड बाँकी छ। टप ३० का लागि अझै पनि ठाउँहरू खाली नै छन्। अझै पनि सम्भावना बाँकी छ। नआत्तिनुहोला, अनि मलाई यहाँसम्म पुऱ्याइदिनुभएकोमा सम्पूर्णप्रति आभारी छु।

हेर्नुहाेस भिडियाे

Loading...