मुक्तिनाथ बैंकले एक शिक्षक एक ल्यापटप दिने

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले एक शिक्षक एक ल्यापटप अभियानअन्तर्गत सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकलाई ल्यापटप खरिदका लागि सरल प्रक्रियामा कर्जा उपलब्ध गराउने भएको छ ।

शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रविधियुक्त विद्यालय बनाई श्रृब्यदृष्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउन बैंकले सो योजना ल्याएको हो ।

त्यसका निम्तिे मुक्तिनाथ विकास बैंक र आईसीटी इन एजुकेसन नेपाल प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र आईसीटी इन एजुकेसन नेपाल प्रालिका प्रबन्ध निर्देशक मोहनबहादुर राउतले हस्ताक्षर गर्नु भएको छ । यो कर्जा मुक्तिनाथ विकास बैंकको सबै शाखा कार्यालयबाट उपलब्ध हुनेछ ।

Loading...