अमेरिका–चीन क्वान्टम प्रतिस्पर्धामा भिड्दै

अमेरिकाको राष्ट्रिय एवं प्रविधि परिषद्ले गत वर्ष सेप्टेम्बरमा साइन्स अफ क्वान्टम इन्फर्मेसन (सीआईसी)को विकासका लागि एक रणनीति प्रकाशित गरेको थियो । १५ पृष्ठको प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सीआईसीको सक्षमतालाई सुदृढ र विकसित गर्न सिफारिस गरेका थिए ।

दुई वर्षअघि चीनले पहिलो क्वान्टम कम्युनिकेशन स्याटेलाइटको प्रक्षेपण गरेको थियो । गत वर्ष चीन सरकारले जिनानमा गुप्त सञ्चार सञ्जाल स्थापना गरेको घोषणा गरेको थियो । यो गुप्त सञ्चार सञ्जालको प्रयोग सेना, सरकार र निजी कम्पनीसँग जोडिएका २०० उपयोगकर्ताले गर्न सक्ने जनाइएको थियो ।

सूचना प्रविधिको क्षेत्रमा अहिले महत्वपूर्ण बनेर आएको क्वान्टम साइन्सको विकासमा अमेरिका र चीन दुवै प्रतिस्पर्धी भएर आगाडि आइरहेका छन् । यो विधिको प्रयोग भएपछि अहिले देखिएका आश्चर्यजनक परिवर्तनमा अनुमान लगाउन नसकिने परिवर्तनहरू देखा पर्ने यस क्षेत्रका विज्ञहरूको बुझाइ रहेको छ ।

अमेरिकाको राष्ट्रिय एवं प्रविधि परिषद्ले गत वर्ष सेप्टेम्बरमा साइन्स अफ क्वान्टम इन्फर्मेसन (सीआईसी)को विकासका लागि एक रणनीति प्रकाशित गरेको थियो । १५ पृष्ठको प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सीआईसीको सक्षमतालाई सुदृढ र विकसित गर्न सिफारिस गरेका थिए । यसका लागि अमेरिकाका ठूला प्रविधि कम्पनीहरू, शिक्षाविज्ञ, वित्तीय विज्ञहरूलाई अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा बोलाइएको थियो । ती कम्पनीहरूमा अल्फाबेट, आईबीएम, जेपी मोर्गन चेज, लकहिड मार्टिन, हनिवेल र नोथ्रीप लगायतका कम्पनीहरू थिए ।

विज्ञानको क्षेत्रका ११८ योजनाहरूमा २४.९ करोड अमेरिकी डलर बराबरको लगानी लगाउने प्रस्ताव गरिएको थियो । यो प्रविधिका बारेमा अमेरिका एक्लो रहेको देखिएको छैन् । उदीयमान शक्तिको रूपमा रहेको चीन पनि यसै किसिमको विकासमा सक्रिय रहेको देखिएको छ ।

चिनियाँ सरकारले हेफेइमा नेशनल लेब्रोटरी अफ क्वान्टम इन्फर्मेशन साइन्सको विकास गरिरहेको छ । १० अर्ब अमेरिकी डलर बराबरको लगानीमा निर्माण हुने यो केन्द्र २०२० बाट सुरू हुने अपेक्षा गरिएको छ ।

दुई वर्षअघि चीनले पहिलो क्वान्टम कम्युनिकेशन स्याटेलाइटको प्रक्षेपण गरेको थियो । गत वर्ष चीन सरकारले जिनानमा गुप्त सञ्चार सञ्जाल स्थापना गरेको घोषणा गरेको थियो । यो गुप्त सञ्चार सञ्जालको प्रयोग सेना, सरकार र निजी कम्पनीसँग जोडिएका २०० उपयोगकर्ताले गर्न सक्ने जनाइएको थियो ।

क्वान्टम इन्फर्मेसनमा दुनियाँका सबैभन्दा दुई ठूला आर्थिक शक्तिशाली देशले यत्रो ठूलो बल लगाउनुले यो विश्वलाई अपेक्षा गर्नु भन्दा धेरै टाढाको स्थितिमा परिवर्तन गर्न सक्ने विश्वास सहजै अनुमान लगाउन सक्ने विषय हो ।

इन्स्टिच्युट अफ फोटेनिक साइन्स अफ बार्सिलोना र थ्योरी अफ क्वान्टम इन्फर्मेसन समूहका शोधकर्ता एलेखान्द्रो पोजास कर्सटेन्स क्वान्टम प्रविधिका बारेमा यसो भन्छन्, “क्वान्टम टेक्नोलोजिले सूचनाहरूलाई प्रशोधन गर्न वा इन्फर्मेसनलाई प्रोसेसिङ गर्ने प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउने प्रतिबद्धता जनाउँछ ।”

क्वान्टम प्रणालीको आधारभूत सूचना संकलन विधि बाइनरी सिस्टममा हुन्छ । वान र जीरोको यो प्रविधि ७०को दशकमा पत्ता लागेको थियो । यो सूचना जहाँ राखिन्छ, त्यो स्थान पनि यसको प्रयोगबाट प्रभावित हुन सक्ने पता लगाइएको थियो ।

यसो भन्नुको अर्थ के हो भने अहिले कम्प्युटरको चिपमा भण्डारण गरी संकलन गरिने सूचनाहरूलाई जीरो र वानका अन्य अति सूक्ष्म प्रणालीमा भण्डारण गर्न सकिनु हो । अथवा एक्लै परमाणुमा वा अन्य साना साना अणुहरूमा सूचना भण्डारण गर्न सकिनेछ ।

वैज्ञानिक पोजास भन्छन्, “यी परमाणु र अणुका यति साना–साना सूक्ष्म व्यवहारलाई अन्य नियमले पनि निर्धारण गर्छ । यो नियम परमाणु र अणुका व्यवहारलाई पनि निर्धारण गर्छ । यो व्यवहारको निर्धारण गर्ने थ्योरी नै क्वान्टम थ्योरी वा क्वान्टम संसारको रूपमा बुझिन्छ ।”

यो क्वान्टम इन्फर्मेसन साइन्सले सूक्ष्म प्रणालीमा देखिने क्वान्टम गुणहरूको प्रयोग गरी सूचनाहरूको स्थानान्तरण र प्रशोधन (ट्रान्समिट र प्रोसेस) विधिमा सुधार ल्याउने काम गर्छ ।

सीआईसीले अहिलेको सूचना प्रशोधन विधिमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने दाबी गरिएको छ । यसले स्वास्थ्य एवं विज्ञान, औषधि निर्माण र औद्योगिक क्षेत्रका हजारौं नयाँ सम्भावनाहरूलाई उत्पन्न गराउने छ ।

विशेषज्ञहरूका अनुसार क्वान्टम साइन्सले दुनियाँको हरेक क्षेत्रलाई परिवर्तन गरिदिने भएकाले यसलाई सर्वाधिक शक्तिशाली देशहरूले प्रतिस्पर्धा गरिरहेका छन् । चीनले दुनियाँको पहिलो क्वान्टम कम्युनिकेशन स्याटेलाइट प्रक्षेपण गर्ने र यसले प्रयोग गर्ने एनक्रिप्टेड कम्युनिकेशन प्रणालीलाई अन्य देशले पढ्न नसक्ने दाबी गरेको थियो ।

चीनले क्वान्टम क्षेत्रमा विकास गर्ने अवधारणा मात्रै गरेन, उसले यसलाई स्याटेलाइट प्रक्षेपण गरेर देखाएको पनि छ । तर उसले बनाएको क्वान्टम कम्युनिकेशन स्याटेलाइटले कुन क्षमतामा सूचना आदानप्रदान गर्न सक्षम हुने हो त्यो भने अहिले हेर्न बाँकी रहेको पोजासले बताएका छन् ।

चीन र अमेरिकामात्रै क्वान्टम कम्प्युटर बनाउन प्रयास गरिरहेका छैनन् । दुनियाँका अन्य देशहरू पनि क्वान्टम कम्प्युटर बनाउने प्रयास गरिरहेका छन् । प्रयोगका लागि यस्ता कम्प्युटर बनाइए पनि यसको औद्योगिक स्तरमा बनाउन अहिले सम्भव हुन सकिएको छैन ।

वैज्ञानिक पोजास भन्छन्, “वास्तवमा क्वान्टम कम्प्युटर अहिले एक नबुझिएको एक पक्ष नै छ । सीआईसीको क्षेत्रमा यसका सबै प्रयास प्रत्यक्ष र अप्रत्यक्ष भइरहेका छन् ।”

(एजेन्सीको सहयोगमा)

Loading...