च्याम्पियन्स लिगमा नेइमारले बनाए यस्तो कीर्तिमान

काठमाडाैं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुललाई हराउँदै नकआउट चरणमा स्थान बनाउन सफल पेरिस सेन्ट–जर्मेन (पिएसजी) को जितमा नेइमारसहित आन बर्नेटले गोल गरे ।

पिएसजीका लागि ३७ औँ मिनेटमा गोल गरेका नेइमारले टिमलाई जित मात्रै दिलाएनन्, व्यक्तिगत रुपमा कीर्तिमान पनि बनाए । नेइमार च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी बनेका छन् । उनले अहिलेसम्म च्याम्पियन्स लिगमा ३१ गोल गरेका छन् । एडिन्सन काभानीले प्रहार गरेको बल गोल हुन नसकी फर्किएको थियो ।

नेइमारले त्यहि बललाई गोलको दिशा दिए र कीर्तिमान आफ्नो नाममा लेखाए । यसअघि यो कीर्तिमान काकाको नाममा थियो । काकाले च्याम्पियन्स लिगमा ३० गोल गरेका थिए ।

नेइमारले गएको महिना कीर्तिमानमा बराबरी गरेका थिए भने अहिले कीर्तिमान आफ्नो नाममा लेखाए । नेइमारले बार्सिलोना र पिएसजीबाट गरी ५२ खेलमा ३१ गोल तथा २२ गोलका लागि सहयोग गरेका छन् ।

काकाले ८६ खेलमा ३० गोल कतथा २६ गोलका लागि सहयोग गरे । तेस्रो स्थानमा रहेको रिभाल्डोले ७३ गोलमा २७ गोल तथा ११ गोलका लागि सहयोग गरे ।

Loading...