बार्सिलोना बन्यो च्याम्पियन्स लिगमा समूह विजेता

समूह बी को विजेता बन्दै स्पेनी क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको नकअाउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको समूहको अन्तिम खेलमा पीएसभी इन्डवाभेनलार्इ २-१ले पराजित गर्दै समूह विजेता बनेर नकअाउट चरणमा प्रवेश गरेकाे हाे ।

बार्सिलोनाले अन्तिम १६ मा यसअघि नै स्थान बनार्इसकेकाे थियाे । समूह चरणकाे अन्तिम खेलमा पीएसभीविरुद्ध लियोनल मेस्सी र गेरार्ड पिकेको गोलमा जित निकाल्दै बार्सिलाेना समूह विजेता बनेको हो।

अोसेमाने डेम्बेलेको पासमा मेस्सीले ६१अौं मिनेटमा डी बक्सको मध्यभागबाट बायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भएको थियो। यस्तै, लियोनल मेस्सीको पासमा ७०अौं मिनेटमा पिकेले दोस्रो गोल गरेका थिए।

एन्जिलिनोको क्रसमा ८२अौं मिनेटमा लुक डी जोङले पीएसभीलार्इ खेलमा फर्काउन गरेको प्रयास प्रर्याप्त भएन्।

Loading...