३ महिनामा सबै विमानलाई नियमित उडानमा लगाइन्छ- मन्त्री रवीन्द्र अधिकारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री रवीन्द्र अधिकारीले कुनै पनि विमान कम्पनीको सम्पत्ति भनेको नियमितता र विश्वसनीयता हो भन्नुहुँदै यस पक्षमा नेपाल वायुसेवा निगमले विशेष ध्यान दिई समयमा उडान गर्ने परम्परा बसाल्न सल्लाह दिनुभयो । निगममा आज भएको उच्च पदाधिकारीहरु सँगको छलफलमा उहाँले आफ्नो धारणा राख्नु भएको थियो । कुनै पनि सक्षम संस्थाले गतिशीलरुपमा काम गरी ग्राहकलाई आकर्षित गर्न निगमका समस्त कर्मचारीहरुलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।

उहाँले संस्थाको संरचनालाई कसो गर्दा प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा सक्रिय रहँदै निगमसँग आवद्ध व्यक्तिहरुले सकारात्मक सन्देशद्वारा दरिलो जवाफ दिन पनि आव्हान गर्नुभयो । मन्त्री अधिकारीले भविष्यका कार्ययोजना बनाई त्यसलाई सफलतातर्फ लगेमा संस्था र आवद्ध व्यक्तिहरुको हित सुरक्षित रहन्छ भन्नु हुँदै अनावश्यक हल्लाको पछि नलागी आफ्नो दायित्व निर्वाह गर्दै समय सापेक्ष परिवर्तन देखाउनुपर्दछ, जुन असम्भव छैन भन्नुभयो ।
संस्थाको उत्साह बढाउने आफ्नो उद्देश्य भएको र आशा मारेर होइन काम गरे गन्तव्यमा पुगिन्छ भन्ने आशावादी सोचका साथ अघि बढन पनि आव्हान गर्नुभयो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगम भविष्यको कार्ययोजना बनाई अघि बढ््ने लक्ष्य र व्यवस्थापन सुधार सहित निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गर्ने तर्फ सक्रिय छ भन्नुभयो । उहाँले भएका साधनको अधिकतम उपभोग गर्ने तर्फ निगम सक्रिय छ र प्राविधिक मर्मत संभारमा सुधार गरी विमानलाई भूमिस्थ हुन नदिन त्यसै अनुसार कार्यनीति बनाएको बताउनुभयो । उहाँले आगामी ३ महिना सम्ममा सबै विमानलाई नियमित उडानमा लगाइने र लामो गन्तव्यमा पनि सेवा थपिने बताउनुभयो ।

Loading...