मध्यराती घरमा आगलागी हुँदा परिवारका चार जनाको जलेर मृत्यु

झापा । झापाको शिवसतासी नगरपालिका-७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । खनालको घरमा राति सवा १० बजेतिर आगो लागेको देखेको स्थानीयले बताएका छन् ।

स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारकको घरमा सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ।

मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनाल रहेका छन् ।

आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Loading...