राजपा विभाजनको यात्रामा, महतोले पार्टी कब्जा गरेपछि महन्थ ठाकुर समूहले बोलायो छुट्ट भेला

काठमाडौं, ९ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक महन्थ ठाकुरलाई हटाएसँग पार्टीभित्र ठूलो विवाद उत्पन्न भएको छ ।

ठाकुर निकटका नेताहरूको समूहले सोमबार अलग भेला समेत बोलाएको छ । पूर्व तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को मुख्यालय बिजुली बजारमा ठाकुर समूहका नेताहरूको भेला बोलाइएको स्रोतले जनाएको छ।

बहुमतको निर्णयबाट ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतो नयाँ संयोजक बनेपछि ठाकुर समूह रिसाएको छ ।

राजपाका नेता वृषेशचन्द्र लालले ठाकुर समूहका नेताहरूको भेला बोलाएका हुन् । ठाकुर समूहका नेताहरूलाई फोन गरेर सोमबारको भेलामा बोलाइएको छ ।

ठाकुरले आफ्ना सम्धी उमाकान्त झादेखि लिएर प्रदेश २ को नीति आयोगमा सुरेन्द्र झालाई नियुक्ति गर्नेसम्मक निर्णयहरू गरेपछि बहुमतबाट हटाइएको थियो ।

ठाकुरलाई अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाको मात्रै समर्थन छ । छ अध्यक्षमध्ये महतोको पक्षमा चारजना सदस्य छन् ।

यसैबीच, राजपा नेपालको अध्यक्षमण्डलको बैठक पनि सोमबार नै बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

Loading...