रारा तालको सरसफार्इमा जुटे रारावासी

मुगु । नेपालको सबैभन्दा ठूलो ताल राराको सरसफाई गरिएको छ । रारा पर्यटन विकास समिति र रारा एडभेञ्चर प्रा.लि., रारा मुर्मा होमस्टे र रारा वरिपरीका स्थानियहरुको सहकार्यमा राराको सरसफाई गरिएको हो ।

राराको सुन्दरता नामिट हुन नदिनका लागि राराको सुन्दरता सदियौँसम्म कायम राख्नको लागी रारा सरसफाई अभियान सञ्चालन गरिएको रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण रोकायले जानकारी दिए ।

रारा पर्यटन बिकास समितिले निरन्तर रुपमा राराको सरसफाई गर्दै आईरहेको बताइएको छ । राराको पर्यटन पर्बद्धनमा निरन्तर कामगर्दै आइरहेको अध्यक्ष रोकायले बताए । राराको महिमालाई बचाउन बिकास समिति दत्तचित्त भएर लागेको उनको दाबी छ । रोकायाले रारा नेपालकै सम्पती भएकोले त्यसको संरक्षणमा समयमै ध्यान जानुपर्ने वताए । रोकायाका अनुसार रारामा पछिल्लो समय भू माफियाले रारामा सुविधा सम्पन्न होटलको नाममा गिद्धे नजर लगाएका छन् ।

अव राराको अस्तित्व संकटमा पर्ने होकिभनेर मुगु वासि चिन्तित भएको उनको बझाई छ । विकासका नाममा रारालाई कतै बाग्मति र पोखराको वाटोमा त लगिदै छैन रारा वचाउ अभियानका अभियाता रोकाया वताउछन् । रोकायका अनुसार यसबर्ष रारा घुम्न आउने पर्यटकहरु बढेसंगै रारा क्षेत्र वरपर प्रदुसित हुँदै आएको छ ।

Loading...