प्रदर्शनी मार्ग कब्जा गरेर नेकपाले गर्यो विशाल जनसभा

काठमाडाैं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले अाज काठमाडाैंमा विशाल जनप्रदर्शन गरेकाे छ । देशभरबाट ठूलाे संख्यामा अाएका जनताकाे जनसागरबीच नेकपाले काठमाडाैैकाे प्रदर्शनी मार्गस्थित राेडमा नै जनसभा सम्पन्न भएकाे हाे ।

बाल्मिकी क्याम्पस अगाडि सडकमै बनाइएकाे मञ्चदेखि नेपाल पर्यटन बाेर्ड पछाडिकाे सडक पूरै ढाकिएकाे जनसागरलार्इ नेकपाका नेतासहित केही अन्य पार्टीका नेताहरुले पनि सम्वाेधन गरे । सभा अघि काठमाडाैंका विभिन्न ठाउँबाट निकालिएका जुलुस प्रदर्शनी मार्गमा जम्मा भएका थिए । सभालार्इ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, नेकपा (माअाेवादी केन्द्र) पुनर्गठनका संयाेजक गाेपाल किराती, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपाका पिबिएम पदम रार्इ, सामाजिक अभियन्ता नरबहादुर कार्की लगायतका वक्ताहरुले सम्वाेधन गरेका थिए ।

सम्वाेधनका क्रममा नेता प्रकाण्डले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेकाे अाराेप लगाए । उनले वर्तमान सरकारले ६ अर्बभन्दा बढी भ्रष्टाचार गरिसकेकाे दावी गरे । उनले सरकारका मन्त्रीहरुकाे काम नै भ्रष्टाचार गर्ने र कमिसन खाने हुने गरेकाे बताए । साथै उनले केपी ओली सरकारमा आएपछि थुप्रै राष्ट्रघाती कामहरु भएकाे पनि दावी गरे । उनले देश विकासकाे बाधक नै वर्तमान सरकार भएकाे दावी गर्दै संसदवादी नेताहरु भ्रष्टाचार गर्नको लागि जन्मिएको जस्तो देखिएको बताए । साथै उनले हिजोका भूइँफुट्टा मान्छेहरु रातारात करोडपति भएको दावी पनि गरे ।

सभालाई सम्वाेधन गर्दै नेता गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले भन्ने गरेको समाजवाद र समृद्धि जनताको हितमा नभएको बताए । उनले प्रचण्डले जनता र देशलाई धोका दिएको भन्दै आफूहरुले जनयुद्धको मूल्य मान्यता र आदर्शको बाटोमा अगाडि बढ्ने बताए । ओली नेतृत्वको सरकार अहिले नै उखेर फाल्न सकिने अवस्था पुगेको दाबी गर्दै उनले आफूहरु जनयुद्ध र बलिदानका भावना नछोड्ने बताए ।

त्यसैगरी कार्यक्रमा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सरकार भ्रष्ट, कमिशनखोर, विदेशी एजेन्ट, एनजिओको संयुक्त टीमले संचालन गरेको बताए । क्रान्तिकारीहरुले बलिदान गरेर प्रचण्डलाई नेता बनाएको तर उनी अहिले केपीसँगै नवसामन्त भएको बताउँदै उनले तर सबै मानिस पतन भइनसकेकाे बताए । जनतामाथि करको भारी बोकाएर राष्ट्रपतिले १८ करोडको गाडी किन्न लागेको भन्दै अध्यक्ष कट्टेलले सरकारकै कारण लोकतन्त्रमा लुटतन्त्रमा बदलिएको बताए ।

Loading...