ए डिभिजन लिगमा मनाङ मर्स्याङदी शिर्ष स्थानमा

काठमाडौँ । पल्सर ए डिभिजन लिग फुटबलअन्तरगत बिहीबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। मनाङले बलियो प्रतिष्पर्धी थ्री स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

एन्फा मैदान सातदोबाटोमा सम्पन्न खेलमा मनाङका लागि अञ्जन बिष्टले एक गोल गरेका हुन्। अर्को गोल थ्री स्टारले आत्मघाती गोल गर्दै उपहार दिएको थियो। थ्री स्टारका लागि सान्त्वना गोल खेलको दोस्रो हाफमा रजिन धिमालले पेनाल्टीमार्फत गरेका हुन्। लिगअन्तरगत तेश्रो चरणका खेल बिहीबारबाट सुरु भएको हो।

३ खेलमा जीत निकाल्दै मनाङ लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ। तीन खेलबाट ६ अंक भएको थ्री स्टार दोस्रो स्थानमा झरेको छ।

Loading...