चालु आवमा १७ प्रतिशत आयकर घट्यो

काठमाडौं, २८ कार्तिक । चालू आर्थिक बर्षमा (आब) मा आयकर संकलन कमजोर देखिएको छ। असोजसम्मका लागि सरकारले २३ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेपनि २१ अर्ब रुपैयाँ भन्दा बढी आयकर संकलन हुन सकेन।

गत आबको असोजसम्ममा १६ अर्ब ४६ करोड आयकर उठाउने लक्ष राखिएको थियो। त्यसमा ९४ प्रतिशत आकर संकलन भएको थियो। तर चालू आबको असोजसम्ममा कूल लक्ष्यको ९० प्रतिशतमा झरेको छ। असोज महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने राजश्व संकलन झन् कमजोर देखिएको छ।

गत वर्ष असोज महिनामा ४ अर्ब ४९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। तर लक्ष्यभन्दा बढी १ सय १५ प्रतिशत आयकर संकलन हुनसक्यो। तर, यस बर्ष असोजमा भने लक्ष्यको ८३ प्रतिशत मात्रै आयकर संकलन हुन सकेको छ, जुन लक्ष्य भन्दा १७ प्रतिशत कम हो।

यस अनुसार लक्ष्य अनुसार तुलना गर्दा गत बर्षको भन्दा ३२ प्रतिशतले कम देखिएको छ। गत आबमा व्यक्तिगत आयकर मात्रै १६ अर्ब १५ करोड रुपैयाँ संकलन भएको थियो।

त्यसमध्ये पारिश्रमिक आयकर १८ अर्ब, सरकारी प्रतिष्ठानबाट ४ अर्ब रुपैयाँ, पब्लिक लिमिटेडहरुबाट ३७ अर्ब, प्राइभेट लिमिटेडबाट ३७ अर्ब र अन्य निकायबाट ७ अर्ब संकलन भएको थियो ।यो वर्ष आन्तरिक आम्दानी् २ अर्ब भन्दा बढी बढाउने लक्ष राखिएपनि भ्याट,आयकर शुल्क जस्ता आम्दानीका मुख्य स्रोतमा सरकारको प्रस्तुति उत्साहजनक रहेको देखिएको छ।

यही कारण सरकारको मुख्य आम्दानीको स्रोत नै भन्सार देखिने परम्परा यो वर्षले पनि निरन्तरता पाउने तथ्याङ्कले संकेत गरेको छ। चालू आबको असोजसम्म भ्याटबापत २४ अर्ब ८२ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा २० अर्ब ७८ करोड रुपैयाँमात्र संकलन भएको छ।

यस हिसावले यो अवधिमा लक्ष्य गरिएभन्दा ४ अर्ब ४ करोड रुपैयाँ कम भ्याट संकलन भएको देखिन्छ। गत आर्थिक वर्षमा पनि भ्याट बापत ७६ अर्ब २७ करोड रुपैयाँमात्रै राजश्व संकलन भएको थियो।

अन्तरिक राजश्व विभाग अन्तर्गतका कर कार्यालयहरुले अनुगमन गरेर बढाउनु पर्ने राजश्व शीर्षकमा पनि प्रगति भएको देखिन्न । विभागका महानिर्देशक विष्णु नेपालले पनि केही शीर्षकमा राजश्व संकलन कमी भएको स्वीकार गरे।

‘तर भ्याट र आयकर कमी हुनुमा चाड पर्व मुख्य कारण हुन्’ उनले भने, ‘यस बर्ष दशैँ–तिहार केही ढिलो भएकोले कात्तिक महिनाको तथ्याङ्क बढ्नेछ।’ चाडबाडको समयमा हरेक कम्पनीको आय बढ्ने बताउँदै उनले त्यसबापतको कर कात्तिकमा सरकारले प्राप्त गर्ने दावी पनि नेपालले गरे।

Loading...