निगमले किनेको ब्रान्ड न्यू वाइडवडी जहाज तीन महिनामै बिग्रेर ब्रेक सिस्टम फेर्ने अवस्थामा

काठमाडौं । नेपाल वायुसेवा निगमकाे विवादित वाइडवडी विमानमा उकपछि अर्काे समस्या अाउन थालेका छन् । निगमका अधिकारीले ब्रान्ड न्यू विमान किनेकाे भनेर दावी गरिरहेे पनि त्यसमाथि अाशंका निस्किरहेका बेला विमानकाे ब्रेक सिस्टम बिग्रेर फेर्नु नै पर्ने स्थितिमा पुगेकाे छ । साेही कारण अहिले निगमकाे अन्नपूर्ण नाम दिइएकाे वाइडवडी विमान १३ दिनदेखि ग्राउन्डेड छ । कलसाइन ९ एन–एएलवाई भएको साे विमानकाे ब्रेक सिस्टम बिगिएपछि उड्नै नसक्ने भएको छ । यसले याे जहाज कस्ताे हाे भन्ने फेरि पनि प्रश्न उठेकाे छ ।

असार १४ गते भित्र्याएको उक्त विमान ब्रेक सिस्टम फेरेपछि मात्र उड्ने सक्ने बताइएकाे छ । विमानकाे ब्रेक सिस्टम मात्र बिग्रिएकाे छैन, एभियोनिक्स कार्गो डोर पनि बिग्रिएकाे छ । एभियोनिक्स कार्गोडोर भनेको विमानमा सामाग्री राख्ने ठाउँको ढोका हो। ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी रहेकाे भनिएकाे विमान उडेको तीन महिनामै ब्रेक सिस्टम फेर्नुपर्ने अवस्थामा कसरी अायाे भन्ने एभिएसन इन्जिनियरहरु तीनछक परेका छन् । निगमकै इन्जिनियरहरुले अहिले त्यसबारे अध्ययन गरिरहेकाे बताइएकाे छ ।

याे विमानकाे ब्रेक सिस्टममा समस्या अाएकाे याे पहिलाे हाेइन । यसपटक त फेर्नु नै पर्ने अवस्था अाएकाे हाे । यसअघि पनि ब्रेकमा समस्या अाएर यात्रुले दु:ख पाइसकेका छन् । गत कार्तिक १६ गते दोहा–काठमाडौं उडानका क्रममा रहेका बेला ब्रेक सिस्टममा समस्या अाएपछि उड्न लागेका यात्रु दोहामा ६ घण्टासम्म हाेल्डमा बसेका थिए । दाेहामा निगमका इन्जिनियरले लामाे समय मेहनत गरेर ब्रेक समस्या समाधान गरी उडाएका थिए। त्यसरी बनाएकाे ब्रेक फेरि एक हप्ता दिन नबित्दै फेरि समस्या अायाे ।

दोहाबाट काठमाडौं उडान गर्दा देखिएको समस्या कार्तिक २२ गते दाेहाेरिएकाे हाे । त्यसयता विमान अहिलेसम्म ग्राउन्डेड छ । ब्रान्ड न्यू जहाजमा यसरी केही महिनामै ब्रेक सिस्टम नै फेर्नु परेका उदाहरण नभएकाे विज्ञहरु बताउँछन । तर, निगमका प्रवक्ता अशोक सिग्देल भने प्राविधिक सामान बिग्रन सक्छ भनेर सामान्य जवाफ दिने गरेका छन् । उनी अहिले ब्रेक सिस्टम परिवर्तन गर्न आवश्यक सामान आइसकेको बताउँछन ।

प्रवक्ता सिग्देलले ब्रेक सिस्टम फेर्ने सामान अाए पनि कार्गोडोरका सामान भने अाइनसकेकाे बताउँछन् । एयरबसले कार्गाेडाेरकाे सामान केही समयभित्र पठाइदिने मात्र भनेकाे उनकाे भनार्इ छ । उसाे त निगममा यसअघि पनि त्यहाँका कर्मचारीले नै विमान बिगार्ने र सामान किनेकाे देखाएर कमिसन खाने गरेकाे चर्चा हुँदै अाएकाे छ ।

दुर्इवटा वाइडवडी जहाज नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२–१२ अर्ब ऋण दिएर निगमले खरिद गरेकाे हाे । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अमेरिकी एएआर कर्पोरेसनमार्फत प्रतिजहाज १० करोड ४८ अमेरिकी डलरमा खरिद गरेकाे जानकारी दिने गरेकाे छ ।

Loading...