फिलिपिन्सकी राजकुमारी कसरी अाइपुगिन, मकवानपुरमा शान्ति प्रवचन दिँदै

मकवानपुर । मकवानपुरको मनहरी–८ सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिसपार्कमा फिलिपिन्सकी राजकुमारीले अवलोकन गर्नुको साथै मानसिक शान्ति सम्बन्धि प्रवचन दिएकी छन् ।

राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचानाले सोमबार ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ विषययमा प्रवच दिएका हुन् । उनीहरुले ब्यक्तिको मन शान्त भएमात्र समाज र देशमा शान्ति हुने बताएका थिए ।

पिसपार्कमा राजकुमारी मारियाले निर्माणाधिन संरचनाहरुको अवलोकन समेत गरेकी थिइन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाको सहजीकरणमा विगत तीन वर्षदेखि सिमपानी देवकोट संयुक्त सामुदायिक वन क्षेत्रमा पिसपार्क निर्माण भइरहेको छ ।

पिसपार्कभित्र ध्यान केन्द्र, पोखरी, गोलघर, प्रतिक्षालय लगायत भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । सात हेक्टर क्षेत्रमा फैलिएको पिसपार्क निर्माणको लागि मनहरी गाउँपालिका, स्थानीय सामुदायिक वन, तथा विभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक लगानी गरेको उनले जानकारी दिए । पिसपार्कमा सोमबारै हेटौँडाका व्यवसायी ज्योतिरत्न बज्राचार्यले बुद्धको मूर्ति प्रतिस्थापना गरेका छन् ।

कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, नेपाली काँग्रेस ३ नम्बर संसदीय दलका नेता ईन्द्र बानियाँ, प्रदेशसभा सदस्य मुनु सिग्देल, गीता वाग्ले लगायत उपस्थित थिए ।

Loading...