रुकुमका सबै गाउँपालिकामा कमर्सियल बैंक पुगे

रुकुम । नयाँ जिल्ला बनेको रुकुम पूर्वका सबै स्थानीय तहमा बैंक शाखा स्थापना भएका छन् । रुकुम पूर्वमा सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका गरी ३ वटा स्थानीय तह छन् । जसका ३ वटै स्थानीय तहमा बिभिन्न चरणमा गरि बैंक शाखा बिस्तार भएका हुन् ।

जिल्लामा पछिल्लोपटक पुथाउत्तरगंगा गाउँपालिकामा सिद्धार्थ बैंकको शाखा स्थापना भएपछि जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन । यसअघि सिस्ने गाउँपालिकाको रुकुमकोटमा प्रभु बैंक र भूमे गाउँपालिका सिटिजिन्स बैंकका शाखा स्थापना भैसकेका छन् ।

जिल्लाका पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा एक÷एकवटा बैंक शाखा भए पनि जिल्लाको सदरमुकाम समेत रहेको रुकुमकोटमा भने दुइटा बैंक शाखा पुगेका छन् । प्रभु बैंकसँगै रुकुमकोटमा नेपाल बैंक लिमिटेडको पनि शाखा बिस्तार छ ।

यसअघि पनि नेपाल बैंक लिमिटेडको शाखा रहेको रुकुमकोटमा विगत सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएको थियो । बिस्तापित भएको बैंक शान्ति स्थापना भएको लामो समयसम्म पनि स्थापना नभए पनि नयाँ जिल्ला बनेसगै स्थापना भएको हो । ७७ औं जिल्लाका रूपमा गत वर्षको असोज २० देखि रुकुम पूर्व नयाँ जिल्लाको रुपमा कामकाज भएको थियो ।

दुर्गम मानिएका रुकुम पूर्वका स्थानीय तहमा बैंक शाखा बिस्तार भए पनि स्थानीयहरूलाई कारोबारमा सहज भएको छ । यसअघि स्थानीय तहमा बैंक नहुँदा रुकुम पूर्वभूमे र पुथाका स्थानीयहरू बैंकिङ कारोबारका लागि सिस्ने गाउँपालिकाको रुकुमकोट र कतिपय अवस्थामा रुकुम पश्चिममा समेत पुग्नुपर्ने बाध्यता थियो । तर, बैंक शाखा बिस्तार भएसँगै समस्या समाधान भएको रुकुम पुथाउत्तरगंगा गाउँपालिकाका स्थानीय भरतकुमार पुनले बताए । उनका अनुसार बैंक शाखा बिस्तार भएसँगै सरकारी कामकाज सँगै बिदेशबाट प्राप्त हुने रेमिट्यान्स प्राप्त गर्न निकै समस्या भएको छ । यसअघि रेमिट्यान्स प्राप्त गर्न टाढाटाढा जानुपर्दा हराउने तथा चोरी हुनेसमेत समस्या थियो ।

बैंक शाखा बिस्तार भएपछि गाउँपालिकाको कामकाजमा पनि सहजता आएको रुकुम पूर्वभूमे गाउँपालिकाका अध्यक्ष रामसुर बूढामगरले बताए । “बैंकको शाखा स्थापना भएर कामकाज सुरु भए पनि गाउँपालिकाको कारोबार गर्न सहज भएको छ, बैंकले सरकार र सर्वसाधारण दुवैलाई सजिलो भएको छ,” अध्यक्ष बुढामगरले भने, “यसअघि केही काम रुकुम पूर्वको रुकुमकोट तथा केही काम रुकुम पशिचमको मुसिकोटबाट समेत बैंकिङ कारोबारको काम हुने गरेको थियो ।”

Loading...