संसदीय व्यवस्थाको बिकल्प नखोजी राजनीतिक समस्या समाधान नहुनेमा जोड

काठमाडाैं, ३० कार्तिक । राजधानीमा अायाेजित एक कार्यक्रममा मानवअधिकारकर्मी, अधिवक्ता तथा नागरिक समाजका अगुवाहरुले राजनीतिक द्वन्द्वकाे समाधानका लागि व्यवस्थाकाे साँचाे फेर्ने कुरामा बहस सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जनअधिकार अभियान नेपालले अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै साे विचार व्यक्त गरिएकाे हाे ।

वर्तमान राजनीतिक व्यवस्था र मानवअधिकार विषयक अन्तरक्रियामा बाेल्ने अधिकांश वक्ताहरुले संसदीय व्यवस्थाकाे विकल्पमा जाेड दिए । नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए पनि व्यवस्थाकाे मूल साँचाे एउटै भएका कारण परिणाम उस्तै अाइरहेकाे वक्ताहरुकाे निष्कर्ष थियाे ।

कार्यक्रममा बाेल्दै बरिष्ठ पत्रकार तथा लेखक नरेन्द्र जंग पिटरले जुन व्यवस्था खराब भनेर ठूलाे अान्दाेलन भयाे त्यसैलार्इ मलजल गरेर अान्दाेलन तुहिएकाे बताउँदै अहिले देश ग्रेट डिप्रेसनमा परेकाे बताए । उनले व्यवस्था सुदृढका लागि जनताले सडक तताउने तर व्यवस्थामा पुगेपछि नेताहरुकाे चरित्र नफेरिदा सिङ्गाे मुलुक निराशामा गएकाे बताए । उनले अहिले नागरिकका भावना बाेक्ने र तिनका मागमा सडकमा संघर्ष गर्ने शक्तिकाे अभाव महशुस भइरहेकाे बताए । जसका कारण जनता निरिह बन्ने अवस्था अाएकाे उनकाे भनार्इ थियाे । साथै उनले एउटा जीवन्त समाजले पाँच वर्ष कुरेर बस्न नसक्ने भन्दै यसमाथि गहिराे बहस अावश्यक रहेकाे उनकाे भनार्इ थियाे । 

कार्यक्रममा अवधारणा पेश गर्दै वरिष्ठ अधिवक्ता तथा जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले संसदीय व्यवस्थाविरुद्ध जनताले रगत बगाए पनि उहीँ व्यवस्था जनताकाे थाप्लाेमा थुपारिएकाे बताए । उनले असफलसिद्ध व्यवस्थाकाे विकल्पमा गम्भीर बहस गर्नै पर्ने र त्यसलार्इ सबैले बाेध गर्नुपर्ने कुरामा जाेड दिए ।

कार्यक्रममा बाेल्दै नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षितले जनताले गरेकाे संघर्षबाट उदाएका नेताहरु निरन्तर छाेटे राजा बन्ने गरेकाे बताए । उनले भने, “जनअान्दाेलनमा कर्फ्यु ताेडियाे, अहिले राजतन्त्रकाे ठाउँमा छाेटे राजाहरु जन्मिएका छन्, याे (संसदीय) व्यवस्था पुनः असफल भयाे ।” उनले पहिलेकै सवारी परम्परामा कायम राखेर जनतालार्इ सास्ती दिने गरेकाे भन्दै त्यसप्रति अाक्राेश पाेखे । राजनैतिक अधिकार सत्तासिनहरुले लुटकाे साहारा बनाएकाे बताए । 

कार्यक्रममा बाेल्दै बरिष्ठ मानवअधिकारकर्मी गाैरी प्रधानले इट्टा बनाउने साँचाेकाे उदाहरण दिँदै इट्टा बनाउने साँचाेबाट बनेका इट्टाहरु निरन्तर बिग्रिएकाे तर यहाँ इट्टाकाे साँचाे बदल्ने वा बनाउने नगरी त्यही साँचाेबाट बनेका इट्टाहरु टालटुल पार्ने काम मात्र भइरहेकाे बताए ।

नागरिक अगुवा डा. दीक्षितले संसदवादकाे विकल्पमा राष्ट्रपतीय प्रणाली चाहिन्छ भनेर बाहिरिएलगत्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, “राष्ट्रपतीय प्रणाली भएका मुलुकहरुकाे उदाहरण दिदै मुख्य कुरा व्यवस्था हैन, सामाजिकवाद र ऐेतिहासिकवादमा ध्यान दिनुपर्छ ।” उनले अहिलेकाे सरकारले समाजवाद भने पनि त्यसकाे नीति कार्यक्रम र बजेट कतै पनि समाजवाद नदेखिएकाे बताए । उनले भने, “यहाँ त कसरी भ्रष्टाचार गर्ने भन्ने मान्छे मात्र बढेका छन । त्यस्तै मान्छेहरुलार्इ मात्र यहाँ राजनीतिक जिम्मेवारीमा पठाउने गरिएकाे छ ।”

कार्यक्रममा बाेल्दै वरिष्ठ अधिवक्ता प्रा. डा. युवाराज संग्राैलाले नेपाल ५० वर्षदेखि निरन्तर क्रान्तिमा रहेकाे तर जनता र देशकाे जीवनमा कुनै परिवर्तन नअाएकाे बताए । उनले नेपालमा न कांग्रेस कांग्रेस जस्ताे रहेकाे न त कम्यनिस्ट कम्युनिस्ट जस्ताे रहेकाे बताउँदै यी सबै कांग्रेस र कम्युनिस्टकाे मुकुण्डाधारीमात्र रहेकाे बताए । उनले देशमा एउटा पङ्क्ति जवरजस्त बाैद्धिक पलायनता गराउनतिर लागेकाे भन्दै त्याे देशका लागि खतरानाक हुनेतर्फ सचेत गराए । मानिसहरुलार्इ पलायन गराउने र अाफू लुटेर खाने जमात बढ्ने गरेकाे यथार्थतातर्फ काेही पनि नबाेलेकाेप्रति दु:ख व्यक्त गर्दै उनले भने, ”जब मान्छे र देशलार्इ मनाेवैज्ञानिक रुपमा मारिन्छ, तब त्याे फेरि बाँच्दैन ।” उनले विचार र नैतिकता जाेगाउनुपर्नेमा जाेड दिए । 

वरिष्ठ पत्रकार पिटरलाई उदृत गर्दै अधिवक्ता शम्भु थापाले भने, सडक खाली भाे अाउनुस् त भन्नुभयाे, तर यहाँ विश्वासकाे संकट छ, हामीले उठाएका मुद्दाहरु जहाँका त्यही छन्, निकास दिनुपर्नेमा धाेका मात्र हुन्छ ।कार्यक्रममा अरु वक्ताहरुले नागरिक अधिकार खाेसिनु र मानवअधिकार कमजाेर हुँदै जानू, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउनु भनेकाे व्यवस्थाकै दाेष हाे । उनले जति राजनीतिक अान्दाेलन उठान भए पनि तिनमा पुरानै राेग संक्रमण हुने र जनता निरास हुने अवस्था नेपालले भाेगेकाे बताए । साे क्रममा उनले सातसालदेखि अाजसम्मका राजनीतिक अान्दाेलनकाे एेतिहासिक सन्दर्भ समेत उल्लेख गरे । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखकले भने संसदीय व्यवस्थाकाे बचाउ गरेका थिए । उनले सरकारकाे अालाेचना गर्दै याे समस्या सरकारमा रहनेले निम्त्याइरहेकाे बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार अायाेगका माननीय सदस्य सुदिप पाठक, नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने, वरिष्ठ अधिवक्ता युवराज संग्राैला, अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल लगायतले  अाअाफ्नाे मन्तव्य राखेका थिए । कार्यक्रममा वरिष्ठ पत्रकार/सञ्चारकर्मी, नागरिक समाजलगायतकाे बाक्लाे उपस्थिति थियाे ।

Loading...