जितेश प्रधान भए पोखरा फिल्म सोसाइटीको अध्यक्ष

काठमाडाैं । पोखरा फिल्म सोसाइटीको अध्यक्षमा जितेश प्रधान चयन भएका छन् । कास्कीको पर्यटकीय स्थल धम्पुसमा सम्पन्न अधिवेशनले जितेश प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

आगामी २ बर्षे कार्यकालको लागि गठन गरिएको उक्त कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र अधिकारी, उपाध्यक्षमा सागर शाह, सचिवमा सरोज सापकोटा, सह–सचिवमा नेत्र गुरुङ, कोषाध्यक्षमा दीपक बास्तोला र सदस्यहरुमा प्रेम बहादुर गुरुङ, प्रकाश गुरुङ (काश), सन्तोष गुरुङ (कोन्मे), सुरोज गुरुङ, डिल बहादुर गुरुङ, पुष्कर थापा मगर र कृष्ण कुमार श्रेष्ठ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष प्रधान दुई दशक देखि चलचित्र र संगीत क्षेत्रमा आवद्ध छन् । कार्यसमितिको पहिलो बैठकले ३ महिना भित्र फिल्म सम्बन्धि कार्यशाला राख्ने निर्णय गरेको सचीव नेत्र गुरुङले जनाए ।

पोखरालाई कर्म थलो मान्दै चलचित्र क्षेत्रमा काम गर्दै आएका कलाकार, प्राबिधिक र निर्देशकको हकहित तथा चलचित्रको बिकासको लागि विक्रम सम्वत २०६८ सालमा पोखरा फिल्म सोसाइटीको स्थापना भएको हो । सोसाइटीले विभिन्न कार्याशाला, अन्तर्राष्ट्रिय स्तरका फिल्म फेस्टिभलको आयोजना गरिसकेक छ ।

Loading...