पार्टी अध्यक्षकै विरुद्ध नेताहरु मोर्चाबन्दीमा लागेपछि यस्तो भाँडभैलो सुरु

काठमाडौं, २५ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै पार्टीका अन्य नेताहरूले ठाकुरविरुद्ध मोर्चाबन्दी सुरू गरेका छन्।

ठाकुरले केही दिनअघि मात्र ४ महासचिव र २ सहमहासचिव सुटुक्क नियुक्त गरेका थिए। यसअघि उनले विनोद सिंहलाई सुटुक्क महासचिमा नियुक्त गरेका थिए। राजपामा यसअघि २८ जना महासचिव हुँदा हुँदै अरु ४ महासचिव थप्न आवश्यक नभएको पार्टीका पदाधिकारीहरू बताउँछन्।

तर ठाकुरले कसैसँग सरसल्लाह नगरी ४ जना महासचिव थपे। आवश्यक नहुँदा पनि किन पदाधिकारी थप्नु प-यो भन्दै राजपाका अन्य नेता ठाकुरसँग आक्रोशित भएका छन्। ठाकुरले थपेका ६ पदाधिकारीमध्ये सबै ठाकुर निकट हुन् । यसैगरी प्रदेश दुइ सरकारको नीति आयोगमा पनि ठाकुरले आफू निकट व्यक्तिलाई मात्र मनोनित गरेको आरोप उनीमाथि लगाइएको छ। ठाकुरले आफू निकट डा. सुरेन्द्र झालाई नीति आयोगको सदस्यमा मनोनित गरे। यसैगरी उनले राजकुुमार लेखीलाई पनि नीति आयोगको सदस्यमा मनोनित गरे।

ठाकुरले मनोनित गरेका ४ महासचिवहरू सिंह, जयप्रकाश ठाकुर, शशीकपुर मिया र पुरूषोत्तम झा यसअघि तमलोपा पृष्ठभूमिका हुन् । यसैगरी, गरी गत असोजको अन्तिम साता थपिएका २ सह महासचिव कुमारनाथ मिश्र र परेश्वर साह पनि पूर्व तमलोपा पृष्ठभूमिका हुन् । ठाकुरले प्रदेश २ सरकरमा थपेका ३ राज्यमन्त्रीमध्ये अभिराम शर्मा र सुरेन्द्र मण्डल पनि यसअघि तमलोपामा आवद्ध थिए।

राजपाले आगामी वैशाख ७, ८ र ९ मा महाधिवेशन गर्ने भनी तिथि घोषण गरेको छ। महाधिवेशनको तिथि तय भइसकेपछि पदाधिकारी थप्न नमिल्ने असन्तुष्ट नेताहरूको भनाइ छ। एक पदाधिकारी भन्छन्, ‘महाधिवेशनेको तिथि घाषणा भइसकेपछि काँही पनि पदाधिकारी थपिँदैन तर राजपामा महाधिवेशनेका तिथि घोषणा भएको पाँच महिनापछि पनि पदाधिकारी मनोनित गरिएको छ।’ पार्टीको आगामी बैठकमा यसबारे कुरा उठाउने उनले बताए।

पार्टी स्रोतका अनुसार ठाकुरले पदाधिकारी थप्ने निर्णय गर्दा उनले आफूपछिका दोस्रो नेता राजेन्द्र महतोसँग समेत सल्लाह गरेका थिएनन्। ठाकुरले महासचिव र सहमहासचिवमा मनोनित गरेको जानकारी महतोले पछि मात्रै पाएका थिए।

यसैैगरी राजपालाई कार्यलय भवन राख्न दिएका तत्कालीन मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष सिंहलाई पनि उनले सुटुक्क महासचिवमा मनोनित गरेका थिए । अब राजपामा महासचिवको सख्या अब ३२ पुगेको छ।

यसअघि महामन्त्रीको संख्या ३१ थियो । चुनावको बेला तीन महामन्त्री वृज्रेशकुमार गुप्ता, जंगीलाल राय र विमल श्रीवास्तव राजपा छाडेर अन्य पार्टीमा प्रवेश गरेपछि महामन्त्रीको संख्या २८ बनेको थियो। सिंहसहित ४ व्यक्ति मनोनित भएपछि महासचिवको संख्या ३२ पुगेको हो। राजपामा उपाध्यक्षको संख्या २८ पुगेको छ। यसैगरी, सहमहासचिवको संख्या ३१ पुगेको छ।

राजपामा पदाधिकारीको कुल संख्या १ सय ३४ पुगेको छ। राजपामा केन्द्रीय सदस्य मात्रै ८ सय १५ जना छन्। महाधिवेशनपछि भने केन्द्रीय समितिान संख्या घटाउने तयारी राजपाले गरेको छ।

 

Loading...