पहिलो दिनमै ५२ करोडको ब्यापार, सबै रेकर्ड तोड्यो अमिताभ र अमिर खानको नयाँ फिल्मले

काठमाडाैं । अमिताभ बच्चन र आमिर खान अभिनित चलचित्र ठग्स अफ हिन्दुस्ताले पहिलो दिनमा ५२ करोडभन्दा बढीको कारोबार गरेको छ । यो कुनै पनि हिन्दी चलचित्रले पहिलो दिनमा कमाएको सबैभन्दा धेरै रकम हो ।

यसअघि यो रेकर्ड शाहरुख खानको फिल्म ह्याप्पी न्यु इयरले राखेको थियो । जसले पहिलो दिनमा ४५ करोडको कारोबार गरेको थियो । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार भारतमा फिल्मले ५२.२५ करोडको कारोबार गरेको छ ।

आमिर खान र अमिताभ बच्चन स्टार फिल्मको पहिलो दिनको कमाईसँगै अब दास्रो दिनको कमाईको पनि अड्कल काट्न सुरु गरिएको छ । दोस्रो शुक्रबार पनि तिहारको छुट्टी भएकाले फिल्मले १०० करोडको आँकडा पारगर्न सक्ने आँकलन गरिएको छ । शनिबार र आइतबार पनि भारतमा बिदा छ त्यसैले फिल्मको विकेन्ड रेकर्डतोड हुने मानिएको छ ।

बक्स अफिस इण्डियाको रिपोर्ट अनुसार फिल्म रिलिज भन्दा पहिला नै दुई लाख टिकट बुक भएको थियो, जसमा शनिबार आइतबारको बुकिङ्ग पनि छ ।

तर, पहिलाे दिनकाे फिल्मपछि ठग्स अफ हिन्दुस्तानले दर्शककाे चर्काे अालाेचना खेपेकाे छ । फिल्ममा कथावस्तु निकै कमजाेर रहेकाे भन्दै दर्शकले कडा टिप्पणी गरेका छन् । 

हेर्नुहाेस् भिडियाे

Loading...