कुर्सीले हानेर शिक्षकको टाउको फुटाए जनप्रतिनिधिले

प्यूठान, २१ कार्तिक । अचेल गाउँमा स्थानीय निकायका जनप्रतिनिधि भन्नेहरुकाे दादागिरी चलेकाे छ । मुख त चलाएकै छन विस्तारै घरेलु हात हतियार पनि चलाउन थालेका छन् । यसैक्रममा प्यूठानमा एक जनप्रतिनिधिले शिक्षककाे टाउकाे नै फुटाइदिएका छन् । 

केही समय पहिले मात्र स्वर्गद्वारी नगरपालिकामा एक वडा अध्यक्षले पत्रकारलार्इ चक्कु प्रहार गरेर घाइते बनाएकाे घटना सेलाउन नपाउँदै प्यूठानकै झिमरुक गाउँपालिकामा अर्का वडा अध्यक्षले शिक्षककाे टाउकाे फुटाएकाे खबर अाएकाे छ । 

झिमरुक गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष तुलस बस्नेतले स्थानीय शिक्षक सिद्धिमान एमसीलाई कुटेका हुन् । विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला बस्नेतले आफूलाई कुर्सीले टाउकोमा प्रहार गरेको एमसीले बताए । शिक्षक एमसी जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा चारवर्षदेखि प्राथमिक तहमा कार्यरत रहँदै आएका छन् ।

उनले मंगलबार प्यूठान अस्पताल विजुवार पुगेर आफ्नो उपचार गराएका छन् । टाउकोमा पाँचवटा टाका लगाइएको एमसीलाई डाक्टरले एक सातासम्म आराम गर्न सल्लाह दिएका छन् ।

Loading...