दिवंगत तुलाधरको चिना ऐतिहासिक दस्तावेज अनुसार सुरक्षित राखिने (भिडियो सहित)

राजकीय सम्मानका साथ् पद्मरत्न तुलाधरको अन्त्येष्टी

काठमाडौँ, २० कार्तिक । आदिबासी जनताजाति आन्दोनलका धरोहर, वरिष्ठ वामपन्थी नेता मानव अधिकारकर्मी पद्मरन्त तुलाधरको सोमबार  राजकीय सम्मानका साथ् अन्त्येष्टी गरिएको छ । काठमाडौको शोभा भगवतीमा तुलाधरको नेवारी परम्पराअनुसार अन्त्येष्टी गरिएको हो ।

अन्त्येष्टीअघि श्रद्धाञ्जलीको लागि लाजिम्पाटस्थित तुलाधरको निवास राखिएको थियो । त्यसपछि शवयात्रा निकालिएको थियो । शवयात्रा लैनचौर, कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती पुर्याएर कर्णदीपमा अन्त्यष्टि गरिएको थियो ।

तुलाधरलाई उपराष्ट्रपति ननदबहादुर निवर्तमान सभामुख ओनसरी घर्तीमगर, मन्त्री ईश्वर पोखरेल, गिरिरामणि पोखरेल पुनलगायतका विभिन्न पार्टीका नेताहरुल निवासै पुगेका थिए भने केही नेताहरु अन्त्येष्टीमै पुगेर श्रद्धाञ्जली दिएका थिए ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको थियो । तुलाधर मुटु, फोक्सो र मधुमेह रोगबाट पीडित थिए ।
नेवार संस्कार अनुशार चिना जलाउनु पर्ने परम्परा भएपनि तुलाधर ऐतिहासिक व्यक्ति भएकाकारण उहाको चिना जलइएन ।
दिबगंगत तुलाधरको चिना ऐतिहासिक महत्व रहेकाकारण ऐतिहासिक दस्तावेज अनुशार सुरक्षित राख्न असन स्थित नेपालभाषा पुस्तक वाचनालय “” आशासफू कुथियात ” मा सुरक्षित राखिने भएको छ ।

२०४६ सालमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना भएपछि दुई पटक सांसद भएका तुलाधर नेकपा (माओवादी) र तत्कालन राज्यपक्षलाई वार्ता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । तुलाधरका श्रीमती, २ छोरा, २ छोरी छन् ।

padmaratna

padmaratna

Posted by झीगु स: मंका स: on Monday, 5 November 2018

Loading...