गौचन हत्यामा माया शेरचनको सम्लग्नता, गौचनसहित धेरै गोली काण्डमा मायाले दिएकी थिइन पेस्तोल

काठमाडौं, २० कार्तिक । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियोगमा प्रहरीले हाल थुनामा रहेका गुण्डा नाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाका टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ। गौचनसहितका व्यवसायीको हत्या तथा अन्य अपराधका घटनामा संलग्न भएको अभियोगमा मायालाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रमम समीरमानको अपराधमा मायाको पनि संलग्नता पाइएको हो ।

नयाँबानेश्वरस्थित आलोकनगरमा भएको गौचन हत्या अभियोमा यही कात्तिक १२ गते प्रहरीले हत्याको जिम्मेवारी लिने लोप्साङ लामा, अम्बरबहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो । त्यसपछिको अनुसन्धानबाट मायाको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

मायालाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर समातिएको हो । मायाको गौचन तथा नेकपा एमालेनिकट युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या र अन्य अपराधमा पनि मिलेमतो पाइएको प्रहरीले जनाएको छ ।

उनले दावालाई गोली हान्ने बेलामा काठमाडौंको सितापाइलामा सुटर अम्बर बहादुर रानालाई पेस्तोल दिएकी थिइन्। पछि दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको अम्बरले बयानका क्रममा भनिसकेका छन्।

गौचनलाई गोली हान्ने बेलामा पनि समीरकै श्रीमतीले पेस्तोल दिएको र आफूले गोली हानेको अम्बरले बताएका छन्। समीरलाई भने अहिले मुस्ताङ जेलमा थुनिएको छ । उनी भारतमा पक्राउ परेका थिए । उनलाई २०७४ मंसिरमा पक्राउ गरी गौचन हत्या अभियोगमा जेल चलान गरिएको थियो ।

Loading...