ज्वाइलार्इ पछि पार्दै ९६ वर्षीय हजुरआमा भइन कक्षामा सर्वोत्कृष्ट, १०० वर्षमा सरकारी जागिर खाने रहर

काठमाडाैं । ९६ वर्षीय बृद्ध महिलाले कुनै अाैपचारिक कक्षामा टप गरेकाे खबर सुन्दा धेरैलार्इ पत्यार लाग्दैन । धेरैले ९६ वर्षकाे बृद्ध महिला विद्यालय जान्छिन भन्ने नै पत्यार लाग्दैन । तर याे सत्य कथा हाे ।

भारतकाे केरलामा एक ९६ वर्षीय महिलाले अाफ्नाे कक्षामा सबैभन्दा उत्कृष्ट नम्बर ल्याएर टप गरेकी छन । अचम्म त याे छ कि कार्तियानी अम्मा नाम गरेकी ती बृद्ध महिलाले आफ्ना ज्वाईँलाई पछि पारेर कक्षा टप गरेकी हुन् । उनीसँगै उनका ज्वाइ पढिरहेका छन् ।

कार्तियानी भन्छिन्, ‘म र मेरा ज्वाईं दुवैले परीक्षा दिएका थियौं । तर उनले परीक्षामा उत्तर बिर्से । मैले सबै सही उत्तर दिएँ ।’ कर्तियानी अम्माले कक्षामा ९८ प्रतिशत नम्बर ल्याएकी छन् भने उनका ज्वाईंले मात्रै ८८ प्रतिशत ल्याएका छन् ।

केरलामा साक्षरता कार्यक्रम अन्तर्गत भएको परीक्षामा ९८ प्रतिशत अंक ल्याउँदै उनी कक्षा टप गर्न सफल भएकी हुन् । यो कार्यक्रम केरल राज्य साक्षरता अन्तर्गत शुरू गरिएको हो । राम्रो साक्षरता दर भएको राज्य केरलले शतप्रतिशत साक्षरताका लागि यो कार्यक्रम शुरू गरेको हो ।

कार्तियानीसँगै उनका ज्वाईंले पनि तीन कक्षाको परीक्षा दिएका थिए तर सासूभन्दा १० नम्बर कम ल्याए । बीबीसी संवाददातासँग कुरा गर्दै उनले भनेकी छिन् ‘म अब पढिरहने हो । छिट्टै चार कक्षामा पुग्छु । म सय वर्ष हुँदा दश कक्षा पास भैसक्छु । त्यसपछि सरकारी जागिर भए हुन्थ्यो ।’

Loading...