गायक समिर आचार्यको ‘पिच रोड’ करोड क्लबमा

काठमाडौँ । गायक समिर आचार्यको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ ।

लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन् । विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा उनले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् ।

यस गीतको शब्द तथा संगीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाँकार राम कुमार केसीले म्युजिक भिडियोलाई छायांकन गरेका हुन् । निर्देशक टेकेन्द्र साहले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका आंचल शर्मा र सुसान्त खत्रीको बेजोड नृत्यको साथमा अभिनय देख्न सकिन्छ ।

छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गित “पिच रोड” को सफलता देखेर गायक समिर अहिले दङ्ग परेका छन् । नेपाली गित संगीत प्रेमीहरुको अपार माया तथा यस गितको म्युजिक भिडियोलाई दर्शकहरुले अत्याधिक मनपराई दिएकोमा सम्पूर्ण भिउर्सहरुलाई गायकले धन्यबाद समेत दिएका छन् भने आगामी दिनहरुमा समेत यस्तै माया र साथको अपेक्षा समेत गरेका छन् ।

Loading...