फिल्मी करिअरमै पृथक भूमिकामा चलचित्रमा अभिनय गरेका सलमान भारतमा किन चिन्तित?

बलिउड स्टार सलमान खान र क्याटरिना कैफको फिल्म ‘भारत’ सन् २०१९ को ईदका अवसरमा रिलिज हुने छ।

यो फिल्ममा सलमानलाई केही यूनिक अन्दाजमा देखिने छ। यद्यपि, फिल्मका विषयमा सलमानले गम्भीर चिन्ता जाहेर गरेका छन्।

सलमानको फिल्म ‘भारत’ धेरै समयदेखि चर्चामा छ। भारतीय फिल्म पण्डितहरुको भनाई छ कि, यो फिल्ममा सलमान उनको करियरकै सबैभन्दा पृथक भूमिकामा देखिने छ। त्यसैले पनि सलमान धेरै मेहनत गरिरहेका छन्।

फिल्म ‘ओड टु माई फादर’को हिन्दी रिमेक हो ‘भारत’। युद्धको समयमा भएको घटनामा फिल्म बनेको छ। भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशित रिपोर्टहरुका अनुसार कयौं वर्षसम्मको कहानीलाई फिल्ममा समेटिएको छ।

फिल्ममा सर्वसाधारणमा भूमिकामा देखिने सलमानले ६० वर्षको इतिहासलाई दर्शकसम्म पुर्याउने छन्। यो त्यति सजिलो काम होइन। त्यसैले यो सबै देखाउन निकै चुनौती रहेकाले पनि सलमान चिन्तामा छन्।

‘भारत’मा सलमानसँगै क्याटरिना कैफ पनि देखिने छ। ३ घण्टा लामो फिल्म नयाँ पुस्तालाई पनि आकर्षित गर्ने गरी निर्माण गरिँदै छ। निर्माण पक्षका अनुसार फिल्मलाई बहुआयामीक बनाउने कोसिस गरिएको छ।

Loading...