१६ वर्ष खाेजेर बल्ल भेटिएका कुख्यात ग्याङस्टार जेलमा मृत भेटिए

काठमाडाैं । अमेरिकाको बोस्टनका कुख्यात ग्यांगस्टर जेम्स ह्वाइटी बल्जर जेलमै मृत अवस्थामा भेटिएका छन् । वेष्ट भर्जिनियाको संघीय जेलमा रहेका जेम्स मृत भेटिएको स्थानीय अधिकारीले बताएका छन् ।

कडा सुरक्षाबिच फ्लोरिडाको जेलबाट ल्याइएको केही दिनपछि नै ८९ वर्षका ग्यांगस्टर जेम्स मृत भेटिएका हुन् । जेम्सको मृत्युका बारेमा अनुसान्धान भइरहेको जेल कर्मचारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । उनको हत्या भएको हुन सक्ने आशंका छ ।

जेम्स सन् २०१३ मा ११ जनाको हत्यामा दोषी ठहर भएका थिए । उनको जीवनबाट प्रभावित भएर धेरै चलचित्र बनेका छन् । १६ वर्षको खोजीपछि सन् २०११ मा उनी पक्राउ परेका थिए ।

दक्षिणी बोस्टनको विन्टर हिल ग्याङ्गका पूर्व लिडर जेम्सबाट प्रभावित भएर चलचित्र ब्ल्याक मास बनाइएको थियो । यो चलचित्रका जोनी डेपले अभिनय गरेका छन् ।

यस्तै उनीबाटै प्रभावित भएर बनेको चलचित्र द डिपार्टेडले सन् २००७ मा सर्वोत्कृष्ट चलचित्रको रुपमा ओस्कार अवार्ड जितेको थियो ।

Loading...