राराकी अप्सरा: रारामा बढे पर्यटक

मुगु । मुगु जिल्लाको रारा ताल विश्वमा चर्चित पर्यटकको गन्तव्य क्षेत्रमध्ये एक हो । पछिल्लो समयमा मुगुको गमगढी बजारसम्म राष्ट्रिय सडक सन्जाल र हवाई यातायात सन्जालको राम्रो पहुँच हुँदा रारामा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको छ ।

बिदाको समय सदुपयोग गर्न र आफ्ना दुःखसुख भुल्न मनोरञ्जनका लागि दिनहुँ ४ देखि ५ सयसम्मको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक रारा घुम्न आउने गरेकाले बिहान–बेलुका पर्यटकहरूलाई सेवा दिन गारो भएको डाँफे होटलकी प्रोप्राइटर पूर्णदेवी बमले बताइन् ।

विशेष गरी रारामा हिजोआज काठमाडौं, पोखरा, इलाम, विराटनगर, नेपालगन्ज, धरान, धनकुटा, राजविराज, जनकपुर, जुम्ला, कालीकोट, सुर्खेतबाट सडक सन्जाल र हवाई मार्गबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन ।

दसैंतिहारको समयलाई सदुपयोग गरी रारा घुम्न आएका नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. गोपाल प्रसाद शर्मा अधिकारीका अनुसार रारा प्रकृतिको उनुपम खजाना हो । यो खजनालाई राज्यले प्रयोग गर्न सकेको छैन ।

Loading...