नयाँ नेपाल सम्बत ११३९ को उपलक्षमा सिक्का सार्वजनिक

           नयाँ वर्ष नेपाल सम्वत ११३९ को अवसर पारेर भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित चाँदिको सिक्का निष्कासन भएको छ । भिन्तुना गुथिले चाँदिको सिक्का निष्कासनलाई निरन्तरता दिँदै यस वर्ष भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित सिक्का निष्कासन गरेको हो । नेपाल संम्बत ११२६ देखि लगातार नयाँ सिक्का सार्वोजनिक गरिदै आएको भिन्तना गुथिले यो बर्ष १४ औ नयाँ सिक्का शनिबार सार्वजनिक गरेको हो । नेपाल सम्बत ११३९ न्हूदँ (नयाँ बर्ष ) को अवसरमा भिक्षु धम्मालोक महास्थबिरबात नयाँ सिक्का सर्विजनिक गरिएको हो ।                                                                                      सोही कार्यक्रममा वरिष्ठ मानवअधिकारवादी नेता पद््मरत्न तुलाधरलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको थियो । तर शुक्रबारै मात्र नेता तुलाधरलाई मस्तिष्कघात भई अस्पताल भर्ना हुनुभएको कारण उहाँ उपस्थित हुनसक्नु भएन । उनलाई प्रदान गर्न तयार गरिएको सम्मान पत्र भने कार्यक्रममा वाचन गरेर सुनाइएको थियो । र उक्त सम्मान पत्र तुलाधरको घरमै गएर उनलाई प्रदान गरिने पनि जानकारी कार्यक्रममा दिइयो ।            कार्येक्रममा भिन्तुना गुथिका संस्थापक अध्यक्ष अमुलकाजी तुलाधर बाट स्वागत मनतव्य राख्दै कोषाध्यक्ष ताराबीर सिंह तुलाधर बाट सर्वोजनीक भएको सिक्काको बारेमा बताउनु भयो । प्रा प्रेम हिरा तुलाधले भाषासेवी भिक्षु धम्मालोक मआस्थबिरभन्तेको चिनारी ब्याख्या गर्नु भयो । निस्कासन भएको सिक्काको तौल १५ ग्राम , मुल्य १३सय पचास तोकिएको छ ।  

न्हुगु दँ ने.स ११३९ या लशताय पायँम्व पिंदन

नयाँ नेपाल सम्बत ११३९ को उपलक्षमा सिक्का सर्वोजनिक

Posted by झीगु स: मंका स: on Saturday, 27 October 2018

 

 

 

 

 

 

 

 

 

 

 

 

Loading...