मौलिक संम्बत नेपाल संम्बत् ११३९ नयाँबर्षको क्यालेन्डर सार्वजनिक

   

कार्तिक ६ ,काठमाडौँ / नेपालको मौलिक सम्बत नेपाल संवत नवबर्षको उपलक्षमा क्रियटिभ दी स्टुडियोले यस पटक नयाबर्ष ११३९ को क्यालेन्डर सार्वजनिक गरेको छ ।

ज्योतिष दैवज्ञ ज्ञानेन्द्र प्रसाद जोशीं द्रारा लिखित क्यालेन्डरमा फोटोमा राजभाई सुवाल ,मोडलमा सृष्टि महर्जन ,भेषभुषा श्रृंगारमा मोनिका महर्जन , रन्जना लिपिमा सुनिता डंगोल,लगाएतले आआफ्नो बिशेष भूमिकामा मानव शरीरका पाँच तत्वो आकाश ,वायु ,अग्नि ,जल र माटोलाई निकै आकर्षक फोटोमा सजाएर प्रस्तुत गरिएको छ ।
प्रत्येक बर्ष नेपाल सम्बत नयाँ बर्षमा नेवार समुदायले मनाउने गरेको म्हपुजा (शरीर पुजा) यीनै पाँच तत्वोबात निर्मित शरीर भएका कारण यसपतकको क्यालेडरमा मुख्य पाँच वटा फोटो परिकल्पना गरिएको प्रकासक तथा बरिष्ट फोटो ग्राफर राजभाई सुवालले बताउनु भयो ।

Loading...