चितवनमा बस दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु, २३ घाईते

   कात्तिक २, चितवन /नारायणगण मुग्लिन सडकखण्ड चितवन जलवीरे इच्छाकामना गाउँपालिका–६ मा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस बिहान २ः३० बजे जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुशार अनुसार मृत हुनेहरुमा झापा मेची नगरपालिका ८ बस्ने ३५ वर्षीय उदयमान राजवंशीको सनाखत भएको छ, भने अन्य अन्य दुई जनाको सनाखत हुन सकेको छैन । मृतकको शव भरतपुर अस्पतालमा राखिएको छ।
घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

Loading...