सांस्कृतिक महत्वको आगम घर सङ्कटमा (विज्ञप्ति सहित)

ललितपुर, २६ असाेज । ललितपुरकाे कृष्ण मन्दिरका पूर्णचण्डी पुजारी र कार्तिक नाचका गुरु नृसिंहको भूमिका निरन्तर निर्वाह गर्दै आएका राजोपाध्याय समुदायको आगम घर संकटमा परेको छ ।

ललितपुर १९ वडा महाद्यःननि चॊकमा रहेको एेतिहासिक र सांस्कृतिक महत्वो बोकेको, विभिन्न पर्व साथै कार्तिक नाचको समयमा समेत तान्त्रिक विधिबाट गोप्य पुजा सम्पन्न गर्नुपर्ने आगम घरको अस्तित्वो नै संकटमा पुग्ने अवस्थाप्रति सरोकार वाला गुठीका सदस्य रविन्द्रधर शर्मा तथा महाद्यःननि आगं गुठीका गुठियार समूहले बिहिबार पत्रकार सम्मेलन मार्फत बिज्ञप्ति सर्वोजनिक गरेको छ ।

सो विज्ञप्तिमा “ललितपुर महानगरपालिका वडा न १९ पूर्णचण्डीमा रहेको कित्ता नम्बर ३ गुठीको निजी स्वामित्व आगम घर तथा जग्गामा सँगैको संधियार चन्द्रकुमारी श्रेष्ठ र कविता श्रेष्ठले आफ्नो घर बनाउँदा कुनै जानकारी समेत नदिइ आगम घरको निजी जग्गा समेत सार्वजनिक चोक देखाई अनियमित तरिकाबाट संरचना निर्माण भइरहेको छ । जसका कारण उक्त आगम घरमा विभिन्न समयमा हुँदै आएको तान्त्रिक पूजाय समेतमा प्रभाव पर्ने उल्लेख गरिएको छ ।”

सांस्कृतिक, ऐतिहासिक महत्वका आगंम घरको सुरक्षा गरिदिन वडा वडाध्यक्ष विनोद ताम्राकारलाई जानकारी दिँदा समेत संधियार पत्र उपलब्ध नगराएको विषयमा जानकारी माग्दा सार्वजनिक चोक भएको कारण जानकारी दिनु नपर्ने भनि गैरजिम्मेवारीपूर्ण उत्तर पाएको र आगंम घर संरक्षणका निमित्त वडाध्यक्ष ताम्राकारबाट कुनै सहयोग नभएको सो बिज्ञप्तिमा उल्लेख छ ।

    

Loading...