योङ्ग रेड फोर्स नेपाल दार्चुलाको अध्यक्षमा रावल, यस्तो छ २५ सदस्यीय कार्यसमिति (नामसहित)

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी निकट योङ्ग रेड फोर्स नेपाल दार्चुलाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ओमप्रकाश रावलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सागर ठगुन्न, सचिवमा आनन्द परियार, सह सचिवमा सन्तोष ठगुन्ना र कोषाध्यक्षमा धामती बिष्ट रहेका छन् ।

त्यस्तै सदस्यहरुमा आशिस ठगुन्ना, पावेल महरा, सन्देश महरा, अनिल टमटा, शेखर विष्ट, प्रकाश धामी, नारद ओड, मिलन साँउद, लोकेन्द्र टमटा, अमर साँउद, नरेश परियार, प्रेम महरा, दिनेश ओड, सन्तोष भट्ट  रहेका छन् भने अन्य पाँच जना पछि थप गर्ने निर्णय भएको सङ्गठनका नवनिर्वाचित अध्यक्ष रावलले बताए ।

सङ्गठनका हाकाली व्युरो संयोजक श्याम भट्ट प्रमुख अतिथि रहेको सम्मेलनका अतिथिहरु अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष अनुकुल, बैतडी ईञ्चार्ज बासुदेब र दार्चुला ईञ्चार्ज जीवन रहेका थिए ।

यसैबीच रेड फोर्सका नवनिर्वाचित अध्यक्ष रावलले अब आफूहरु सङ्गठनविस्तारमा जाेड दिने बताएका छन । सम्मेलनपछि संचारकेन्द्रलाई संक्षिप्त प्रतिक्रिया दिँदै रावलले दशैंलगत्तै जिल्लामा ब्याप्त भ्रष्टाचार, महँगी नियन्त्रणका लागि अभियान थाल्ने, सङ्गठन विस्तारमा जाेड दिने र विभिन्न विकृतिबिरुद्ध समेत संघर्षमा उत्रिने जानकारी दिए ।

Loading...