मिडिया हाउसलाई ध्यानाकर्षण: तलव बृद्धि र दशै भत्ता दिन क्रान्तिकारी पत्रकार संगठनकाे माग

काठमाडौ । 

क्रान्तिकारी पत्रकार संगठन, नेपालले सञ्चारगृहका मालिकहरुलाई आइतबार एक माग पत्र बुझाएकाे छ । पत्रकारको तलव बृद्धि र दशै भत्तासहित श्रमजीवी पत्रकार ऐनले ताेकेको सेवासुविधा उपलब्ध गराउन क्रान्तिकारी पत्रकार संगठनले माग गरेको हो ।

संगठनका केन्द्रीय उपाआध्यक्ष जन्म्देब जैसी, महासचिव बाबुराम भुषालको नेतृत्वमा गएको एक टोलिले आइतबार जनता टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कलाई पत्र बुझाएको हो ।

संगठनका वरिष्ठ केन्द्रीय सदस्य कमल बुढा, धनन्जय बुढा, करन बडाललगायतको टोलिले ज्ञापनपत्र बुझाउदै आफ्ना माग सम्बोधन नगरे सम्बन्धित मिडिया हाउसमा शसक्त आन्दोलन गर्ने बताएको छ ।

मागपत्र बुझ्दै जनता टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मण हुमागाईँले आफुहरु अरु टेलिभिजन जस्तो निजी नभएर पब्लिक कम्पनी मार्फत सन्चार ग्रुह सन्चालन गरिरहेको हुनाले न्युनतम पारिश्रमिकलगयातका बिषयमा आफू गम्भीर रहेको र सरकारले तोकेको तलब सम्बन्धित पत्रकारकै खातामा जम्मा गर्ने गरेको बताए ।

उनले आफु नेपालमा चल्ने बिदेशी टेलिभिजन बिज्ञापनमा क्लिनफीड लागु गर्नुपर्ने र आम नागरिकलाई सकेसम्म सित्तैमा टेलिभिजन हेर्ने ब्यबस्था गर्न सरकार समक्ष माग गर्ने पक्षमा रहेको समेत बताए । हुमागाईँले सरकारले लागू गरेको देवानी संघीताले नेपाली प्रेसको घाटी निमोठेको समेत बताए । उक्त संघीता संशोधन गर्न सबैले दबाब दिनुपर्ने समेत बताए ।

यस्तै अन्नपूर्ण मिडिया नेटवर्कका म्यानेजिङ डाइरेक्टर लक्ष्मी प्रसाद पाैडेलले आफ्नो मिडिया हाउसले हजुरहरुले उठाएका मुद्दा जायज भन्दै मिडियाले भाेग्नुपरेका विषयमा पनि क्रान्तिकारी पत्रकार बाेल्न अाग्रह गरे । संगठनका तर्फबाट उपाध्यक्ष जैसीले न्युनतम तलव वृद्धि भएअनुसार श्रमजीवीलाई उपलब्ध गराउन र कम्पनी विनियम बनाई तहगत अनुसार पारिश्रमिक बढाईर उपलब्ध गराउनुपर्ने बताए ।

साथै दुइटै सञ्चारगृहले सबै श्रमजीवीलाई एक महिनाकाे तलव बराबर दशैं भत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । संगठनले बाँकी सञ्चारगृहमा पनि मागपत्र बुझाउँदै जाने र माग पूरा नगर्ने सञ्चारगृहमा अान्दाेलनका कार्यक्रम लिन बाध्य हुने उपाध्यक्ष जैसीले चेतावनी दिएका छन् ।

२०७५ असोज २१ मा प्रकाशित ।

Loading...