ग्यास सिलिन्डर लिक हुँदा आगलागी, घर जल्यो

भोजपुर ।

जिल्लासदरमुकाममा आइतबार आगलागी हुँदा एक घरमा क्षति पुगेको छ ।

दिउँसो तीन बजे ग्यास सिलिन्डर लिक भएर सदरमुकामको चेङ्मेनी चोकस्थित जयबहादुर तामाङको घरमा आगलागी भएको हो । घरमा सञ्चालित केएफसी होटलबाट सुरु भएको आगो करिव आधा घण्टापछि स्थानीयवासीसँगै प्रहरी र नेपाली सेनाको प्रयासमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट उक्त घरमा सञ्चालित केएफसी होटलसँगै अर्को एक किराना पसलको सम्पुर्ण सामान जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगो चाँडै नियन्त्रणमा आएकाले अन्य घरहरु क्षति हुनबाट जोगिएका छन् ।

२०७५ असोज २१ मा प्रकाशित ।

Loading...