अमेरिकाको चर्को दवावको अवाज्ञा गर्दै भारतले रुसबाट यस्तो अत्याधुनिक ‘एस–४००’ किन्दै, रुसी राष्ट्रपति पुटिन भारतमा

काठमाडाैं, १९ असाेज । अमेरिकाकाे चर्काे दवावका बाबजुत पनि भारतले रुससँग अत्याधुनिक हतियार खरिद गर्ने भएकाे छ । भारतले रुससँग ‘एस-४००’ खरिद गर्ने चर्चा चलेदेखि नै अमेरिकाले भारतलार्इ चेतावनी समेत दिएकाे थियाे । 

यसैबीच रुसका राष्ट्रपति भ्लादमिर पुटिन भारत पुगेका छन् । भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भेट समेत गरेका छन् ।

प्रम माेदीले नयाँदिल्लीमा रुसी राष्ट्रपति पुटिनलाई हैदरावाद हाउसमा औपचारिक भेट गरेका हुन् । भेटवार्तामा २० सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । यो भेटवार्ता मूलतः रुसबाट भारतले ल्याउने भनिएको एस–४०० मिसाइल डिफेन्स सिस्टममाथि सम्झौतामा केन्द्रित हुनेछ ।

भारतले रुसबाट ल्याउने भनेको यो डिफेन्स सिस्टम त्यस्तो हो, जुन विषयलाई लिएर अमेरिकाले भारतलाई पटक पटक चेतावनी दिइसकेको छ । एक साताअघि मात्रै अमेरिकाले यो सिस्टम रुसबाट खरिद नगर्न भारतलाई दबाव दिएको थियो ।

एस–३०० को अपडेटेड भर्सनको रुपमा एस मिसाइल सिस्टमलाई बुझिन्छ । जमिनबाट हावामा प्रहार गर्नमिल्ने यो सिस्टमले दुश्मन देशका जहाज, ड्रोन र मिसाइल समेत नष्ट गरिदिन सक्छ ।

रुसले यो सिस्टमलाई सिरियामा अहिले उपयोग गर्दै आएको छ । यसले मिसाइल र लडाकु विमानलाई ४ सय कलोमिटर दूरी टाढासम्म हमला गर्न सक्छ । यसको भारतीय मुल्य मात्रै ३७ हजार करोड रुपैयाँ पर्छ ।

डिफेन्स सिस्टमले एक तर्फ मिसाइल सील्डको काम पनि गर्छ । पाकिस्तान र चीनको एटमी क्षमता भएको ब्यालिस्टिक मिसाइलको खतरालाई जवाफी हतियार हुनसक्ने भारतीय मिडियाले टिप्पणी गरेका छन् ।

यो सिस्टमले अमेरिकाको सबैभन्दा एड्भान्स फाइटर जेट एफ–३५ लाई समेत नष्ट गर्नसक्छ । साथै सिस्टम–३६ परमाणु क्षमता भएको मिसाइललाई एकैसाथ नष्ट गर्न सक्छ । भारतले यो हतियार खरिद गरेपछि यस्तो शक्तिशाली हतियार खरिद गर्ने चीनपछि भारत दोस्रो मुलुक हुने छ।

Loading...