राजधानीमा पाँच तलामाथिबाट खसेर एकको मृत्यु

भक्तपुर, १४ असाेज । भक्तपुरकाे विनायकमा एक जना व्यक्तिकाे पाँच तलामाथिबाट खसेर मृत्यु भएकाे छ ।

भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको हो।

आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार उनलको मृत्यु भएको प्रहरीले जनाएको छ।

Loading...