विश्व चर्चित सुन्दरी नायिकाको गोली हानेर हत्या

काठमाडाैं । इराककी इंस्टाग्राम मोडल तारा फारिसको बगदादमा गोली प्रहार गरेर हत्या गरिएको छ । आफ्नै कारमा बसेका बेला उनको गोली हानेर हत्या गरिएको हो । उनको घटनास्थलमै ज्यान गएको इराकी गृह मन्त्रालयले पुष्टि गरेको छ ।

२० वर्षीया मोडल आफ्ना ट्याटु, स्टाइलिश हेयर कलर्स र डिजाइनर कपडाका कारण चर्चित थिइन् । उनको सुन्दरता र आकर्षक जीवनशैलीका कारण चरमपंथिले निशाना बनाएको बताइएको छ ।

उनले केहीदिनअघि इंस्टाग्राम पेजमा एक तस्बिर शेयर गरेकी थिइन जसको क्याप्सनमा लेखेकी थिइन्, ‘म अल्लाहसँग क्षमा र दयाका लागि प्राथना गरिरहेकी छु ।’

मोडल ताराको इंस्टाग्राममा २७ लाख भन्दा बढी फलोअर्स छन् । हालै उनलाई इराकको सामाजिक सञ्जालमा सबै भन्दा चर्चित हस्तीका रुपमा सम्मान गरिएको थियो ।

इराक प्रहरीले यस घटनाको अनुसन्धान सुरु गरेको छ । तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । तारा १९९८ मा जन्मेकी थिइन् । उनका बुवा इराकी र आमा लेबनानी हुन् । २०१५ मा ताराले सुन्दरी प्रतियोगीता पनि जितेकी थिइन् ।

Loading...