पूर्वपश्चिम राजमार्गमा बस र ट्रक ठोक्किदा २ को मृत्यु ३२ घाइते

नवलपरासी, १३ असोज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती-१६ मा शनिबार बिहान बस र ट्रक ठोक्किँदा दुईको मृत्यु भएको छ।

दुर्घटनामा ३२ घाइते भएका छन्। घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा परी बसचालक बाँके कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ। दुर्घटनापछि सडक अवरुद्ध भएको छ।

दुर्घटनामा परेका बस र ट्रक सडकमै रहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Loading...