विरगञ्जमा एकाविहानै सुतेका व्यक्तिलार्इ गोली हानियो

काठमाडाैं, १३ असाेज । विरगञ्जमा आज बिहानै गोली चलेको छ।

वीरगन्ज महानगरपालिका–२, भन्सार रोडस्थित एक घरमा सुतिरहेका एक व्यक्तिलाई लक्ष्य गरेर अज्ञात समूहले गोली हानेको हो।

शनिबार बिहान २ बजेतिर मदनप्रसाद साहलाई सुतिरहेकै कोठामा गोली हानिएको हो। तर गोली नलागेकाले साह सकुशल रहेको प्रहरीले जनाएको छ।

कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो। साहको घर भारत पूर्वीचम्पारण हो। उनी वीरगन्जस्थित कोइलासम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेजका प्रबन्धक हुन्।

उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। गोली हान्ने व्यक्ति भारततर्फ भागेको बताइएको छ। घटनास्थल भारतीय सीमाबाट नजिकै पर्छ।

Loading...