क्रान्तिकारी पत्रकार संगठनमा डिल्ली रावत अध्यक्ष, स्थापित मिडियाका सम्पादक तथा सक्रिय पत्रकारहरु कमिटिमा

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय अध्यक्षमा डिल्लीराज रावत निर्वाचत भएका छन् । बिहीबार काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकले रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो । बैठकले अन्य पदाधिकारीहरु पनि निर्वाचित गरेको छ । बैठकबाट निर्वाचित भएका सबै पत्रकारहरु सक्रिय पत्रकारहरु छन । साथै प्राय सबै जना नेपाल पत्रकार महासंघका विभिन्न संरचनामा काम गरिसकेका पत्रकार छन् ।

बैशाख १५, १६ र १७ गते सम्पन्न भएको सो संगठनको तेस्रो राष्टिय सम्मेलनमा आन्तरिक र बाह्य अप्ठ्यारोका कारण पदाधिकारी चयन नगरिएको र पाँच महिनापछि पहिलो बैठक बसेर पदाधिकारी चयन गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तिमा नगरकोटमा सम्पन्न राष्टिय सम्मेलनले पारित गरेको विधान वमोजिम प्रादेशिक संरचनामा संगठन निर्माण गरिएको बताइएको छ ।

बैठकले उपाध्यक्षमा दिपबहादुर घर्ती र जन्मदेव जैसीलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा बाबुराम भुषाल र सचिवमा बैकुण्ठ गिरी, उन्नति चौधरी, जीवन हमाल, रुपेन्द्र ऐडी, राजेन्द्र अधिकारी, राजकपुर महर्जन, मिशन थापालाई निर्वाचित गरेको छ । त्यस्तै संगठनको कोषाध्यक्षमा तिलक अधिकारी निर्वाचित भएका छन् । काठमांडौको अनामनगरमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकबाट निर्वाचित पदाधिकारी र केन्द्रीय समितिमा रहेकाहरु सबै सक्रिय पत्रकार हुन् । बैठकबाट अध्यक्षमा निर्वाचित भएका अध्यक्ष डिल्लीराज रावत रेडियो तल्हका सल्यानका स्टेशन मेनेजर तथा तहल्का डटकम अनलाईनका सम्पादक समेत हुन् । उनी नेपाल पत्रकार महासंघ सल्यानमा दुई कार्यकाल कार्यसमितिमा सहसचिवसम्मको जिम्मेवारीमा रहेर काम गर्नुका साथै हाल केन्द्रीय पार्षद पनि छन् । त्यस्तै उपाध्यक्ष दिपबहादुर घर्ती डिजिटल सञ्चार डटकम अनलाइनका प्रधान सम्पादक हुन । उनी नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका वर्तमान कोषाध्यक्ष तथा पर्यटन पत्रका संघका केन्द्रीय सचिव समेत हुन् । त्यसैगरी अर्का उपाध्यक्ष जन्मदेव जैसी नेपाल पत्रकार महासंघको वर्तमान केन्द्रीय सदस्य हुन् । राजधानी दैनिकमा लामो समय काम गरेका उनी हाल ननस्टपखबर डटकम अनलाईनका कार्यकारी सम्पादक छन् ।

त्यसैगरी महासचिवमा निर्वाचित भएका बाबुराम भुषाल टिभी टुडेमा प्रसिद्ध कार्यक्रम कुरा खस्रा मिठाका प्रस्तोता, रेडियो मिर्मिरेमा मिर्मिरे डिस्कोर्स कार्यक्रमका प्रस्तोता, जनमुक्ति खबर डटकम अनलाइनका सम्पादक समेत हुन् । उनी नेपाल पत्रकार महासंघकाे सदस्य हुन ।

त्यसैगरी सचिवमा निर्वाचित भएका बैकुण्ठ गिरी सूचना केन्द्र डटकमका प्रधानसम्पादक र नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद हुन् । अर्की सचिव उन्नति चौधरी मुक्तिकडगर डटकम अनलाइनकी कार्यकारी सम्पादक हुन् । त्यस्तै सचिव जीवन हमाल संकल्प यात्रा मासिकका प्रधानसम्पादक तथा डटकम अनलाइनका हुन भने सचिव रुपेन्द्र ऐडी कर्णाली सञ्चार डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् । सचिव राजेन्द्र अधिकारी पोखराबाट प्रकाशित हुने डन न्यूज दैनिकका सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष तथा वर्तमान केन्द्रीय पार्षद हुन् । सचिव राजकपुर महर्जन रेडियो मिर्मिरेमा स्थापना कालदेखि नै कार्यरत छन उनी पनि नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् भने सचिव मिशन थापा टेलिभिजन पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा थुप्रै टेलिभिजनमा काम गरिसकेका स्थापित सक्रिय पत्रकार हुन् ।

त्यसैगरी कोषाध्यक्ष तिलक अधिकारी प्रेस काउन्सीलबाट क वर्गमा वर्गिकृत पत्रिका जनता जिन्दावादका सम्पादक र भूगोल न्यूज डटकम अनलाइनका प्रधानसम्पादक हुन् । त्यसैगरी केन्द्रीय सदस्यमा बसेका सबै पत्रकारहरु क्रियाशील पत्रकार तथा सबै जना नेपाल पत्रकार महासंघको सदस्य भइ महासंघका विभिन्न संरचनामा काम गरिरहेका छन् । त्यसैगरी केन्द्रीय समितिमा रहेका कमल बुढा, भौतिक मल्ल लगायतका थुप्रै पत्रकारहरु पत्रकारितामा निकै सक्रिय र पुराना पत्रकारहरु पनि रहेका छन् ।

यस्तो छ बैठकपछि जारी केन्द्रीय समितिको वक्तव्य

प्रेस विज्ञप्ति

क्रान्तिकारी पत्रकार संगठन, नेपालको गत बैशाख १५, १६ र १७ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो पूर्ण बैठक काठमाडौंको अनामनगरमा बसेको छ । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

१. आन्तरिक र बाह्य अप्ठ्यारोका कारण राष्ट्रिय सम्मेलन सम्पन्न भएको पाँच महिनासम्म पनि संगठनको बैठक बस्न नसक्नु र संगठनको पदाधिकारी चयन हुन नसक्दा आन्तरिक पंक्ति, शुभचिन्तक, समर्थक र समग्र आन्दोलनमा अन्यौलता देखिएको थियो । जसका कारण संगठनका गतिविधिमा असर परेको र बाहिर केही प्रश्न उठेका हुनाले संगठनको सांगठनिक र संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्ने आवश्यकता बोध गर्दै तेस्रो राष्ट्रिय सम्मेलनबाट पारित विधान वमोजिम संगठनको केन्द्रीय पदाधिकारी चयन गरिएको छ । जसअनुसार अध्यक्षमा डिल्लीराज रावत, उपाध्यक्ष दिपबहादुर घर्ती, जन्मदेव जैसी, महासचिव बाबुराम भुषाल, सचिवहरु बैकुण्ठ गिरी, उन्नति चौधरी, जीवन हमाल, रुपेन्द्र ऐडी, राजेन्द्र अधिकारी, राजकपुर महर्जन, मिशन थापा र कोषाध्यक्षमा तिलक अधिकारी निर्वाचित हुनुभएको छ ।

२. गत बैशाखमा सम्पन्न संगठनको तेस्रो राष्टिय सम्मेलनले संगठन प्रादेशिक संरचनामा निर्माण गर्ने निर्णय गरेको थियो । सोही अनुसार बैठकले सात प्रदेश, उपत्यका र आंगिक संगठन गरी ९ प्रादेशिक कमिटि निर्माण गर्ने र सबै प्रदेशको नेतृत्व सचिवहरुले गर्ने निर्णय गरेको छ । त्यसैगरी सम्मेलनले ५१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको थियो । सम्मेलनको म्यान्डेट वमोजिम केन्द्रीय समितिको रिक्त पदमा निर्मला थापा, केन्द्रप्रकाश पिवी, प्रकाश आचार्य, सविता नेपाली, भरत नेपाली, जंग रेउले, विदुर एमसी, रुपक कुलाल, श्रीराम वाग्ले, हरिकृष्ण न्यौपानेलाई थप गरिएको छ ।

३. संगठनको केन्द्रीय समिति यस प्रकार रहेको छ । अध्यक्ष ः डिल्लीराज रावत, उपाध्यक्षः दिप ब. घर्ती, उपाध्यक्ष ः जन्मदेव जैसी, महासचिव ः बाबुराम भुषाल, सचिवहरुः बैकुण्ठ गिरी, उन्नति चौधरी, जीवन हमाल, रुपेन्द्र ऐडी, राजेन्द्र अधिकारी, राजकपुर महर्जन, मिशन थापा, कोषाध्यक्ष ः तिलक अधिकारी, केन्द्रीय सदस्यहरु ः कमल बुढा, भौतिक मल्ल, निलम आरसी, साहस भट्ट, केशव न्यौपाने, धनञ्जय बुढा, गणेश रोका, होमनाथ न्यौपाने, सुदिप वर्देवा, दिया चन्द, राजु बोहोरा, उमाकान्त शर्मा, करण बडाल, शैलेश डंगोल, सुरज प्याकुरेल, केशव भूल, शोभराज बराल, रुपा गुरुङ, तिर्थराज बोहोरा, गोविन्द विश्वकर्मा, जगदिशनाथ योगी, राज सापकोटा, सन्तोषकुमार गुप्ता, नवराज न्यौपाने, केन्द्रप्रकाश पिवी, निर्मला थापा, प्रकाश आचार्य, सविता नेपाली, भरत नेपाली, जंग रेउले, विदुर एमसी, रुपक कुलाल, श्रीराम वाग्ले, हरिकृष्ण न्यौपाने ।

४. कृष्ण सेन इच्छुकको उच्च आदर्शमा प्रतिवद्ध हाम्रो संगठन कठोर र बलिदानपूर्ण संघर्षका बीच स्थापित र हुर्कदै आएको हो । जनपक्षीय पत्रकारिताको विकासमा कठिन संघर्ष गर्दै आएको संगठनको उच्च आदर्शलाई हामी सधै कायम गर्न प्रतिवद्ध छौ । हामी नेपाली जनताको अधिकार स्थापित गर्न, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, मिडियाको प्रेस स्वतन्त्रता र आस्था तथा विचारको स्वतन्त्रताको रक्षाका लागि सदैव संघर्ष गर्दै आएका छौ । केन्द्रीय समितिको पूर्ण बैठकले यी अधिकारका लागि श्रृंखलाबद्ध संघर्ष गर्ने निर्णय गरेको छ । प्रेसको अधिकारलाई कुन्ठित गर्न, नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन राज्य निरन्तर लागिरहेको छ । सरकारले पटक, पटक कानुन बनाएर यी अधिकार खोस्ने प्रयत्न गर्दै आएको छ र त्यसका विरुद्ध हामीले निरन्तर आन्दोलन गर्दै आएका छौं । आजको विकसित विश्वमा पनि नेपाली नागरिकलाई दास बनाउन खोज्ने, आफ्नो मुठ्ठीभित्र कैद गरेर राख्ने शासकहरुको यो प्रवृतिका विरुद्ध खासगरी मिडिया क्षेत्रले अझै उच्च संघर्ष गर्नुपर्ने जरुरी छ ।

५. अहिले पनि नेपाली मिडियाको श्रम अभ्यास निकै कमजोर छ । मिडिया जस्तो बौद्धिक र संवेदनशील क्षेत्रमा भइरहेको श्रम अभ्यास निकै कमजोर छ । मिडिया क्षेत्रमा उच्च श्रम अभ्यासका लागि बहस गर्नुका साथै यस सन्दर्भमा बनेको श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि बैठकले सबै सञ्चारगृहमा आन्दोलन उठान गर्न लाग्ने निर्णय गरेको छ । त्यसैगरी संगठनको व्यवसायिक दक्षता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ । अहिले पनि श्रमजीवी पत्रकारहरु न्यून तलबमा काम गर्न बाध्य पारिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पारित गरेको पारिश्रमिक पनि पुनरावलोकन हुन सकेको छैन । साथै मिडिया हाउसहरुले श्रमजीवी पत्रकार ऐनमा उल्लेख गरिएका विदाको सुविधा, विमा लगायतका कल्याणकारी सुविधा दिएका छैनन । हिन्दुहरुको महत्वपूर्ण चाड दशै तिहार नजिकिएको यस सन्दर्भमा हामी सबै सञ्चारगृहलाई त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरुलाई दशै भत्तासहित समयमा नै तलब उपलब्ध गराउन आग्रह गर्दछौ ।

१२ असोज २०७५

डिल्लीराज रावत

अध्यक्ष

 

बाबुराम भुषाल

महासचिव 

 

Loading...