अवैध ३ किलो सुनसहित दुर्इ जना पक्राउ

काठमाडौं, ९ असोज । रसुवाको केरुङ्ग नाक भएर काठमाडौँ सुन तस्करी भैरहेको फेरि प्रमाण फेला परेकाे छ छ ।

महानगरीय प्रहरी परिषद काठमाडौँले ३ केजी सुन सहित २ जनालाई पक्राउ गरेपछि यसकाे पुष्टि भएको हाे । महानगरीय प्रहरी परिषद काठमाडौँले मंगलवार पत्रकार सम्मेलन गरी बरामद गरिएको सुन तथा पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

विशेष सूचनाको आधारमा परिषदबाट परिचालित टोलीले सोमबार साँझ टोखा तीन पिप्लेमा आउँदै गरेको निलो पल्सर मोटर साइकल सवार रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका – १ घर भएका २४ बर्षिय नरबहादुर घले र २० बर्षिय पेम्बा तामाङ दुर्इ ब्यक्तिलाई चेक जाँच गर्दा उक्त सुन बरामद भएको महानगरीय प्रहरी परिषद काठमाडौँका प्रमुख बसन्त लामाले बताए । परिषद प्रमुख लामाले  सुनतस्करमा ठूलै संजाल हुनसक्ने र त्याे सञ्जालका बारे चाँडै नै आवश्यक अनुसन्धान गरी संलग्नहरुको पहिचान गरिने बताए ।

प्रहरीको अनुसन्धानमा दुबै जना सुनका भरिया मात्रै भएको खुलेकाे बताइएकाे छ । उनीहरुले यस अगाडि पनि काठमाडौंमा दुर्इ पटक सुन भित्र्याएकाे पनि खुलेकाे छ । उनीहरुले काठमाडौंसम्म सुन पास गराए बापत प्रति केजी ५०,००० पाउने गरेको समेत खुलासा भएको छ ।

पक्राउ परेका सुन भरियाले प्रति किलोलाई ४ टुक्रा गरी १२ टुक्राहरु कम्मरमा लुकाएर ल्याएका थिए । सुनचाँदी ब्यबसायी संघले बरामद सुनको मुल्य १ करोड ५० लाख २० हजार बराबरको रहेको बताएको छ ।  

Loading...