धरपकको विरोधमा भोली असोज १० गते रोल्पा बन्द

रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी रोल्पाले अआश्विन १० गते रोल्पा बन्द गर्ने भएको छ । गत असोज १ गते प्रहरीले जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई समेत विनाकारण पक्राउ गरेपछि त्यसको विरोधमा नेकपाले १० गते रोल्पा बन्दको घोषणा गरेको हो ।

लामो समयदेखि नेकपाका नेता कार्यकर्तामाथिको धरपकड, दमन र गिरफ्तारीबिरुद्ध मंगलबार बन्द आवहान गरिएको सो पार्टीकी नेतृ असिनाले ननस्टपलाई बताइन ।

असोज १ गते रोल्पा नगरापलीका १० धवाङ भनभनेमा सांस्कृतीक कार्यक्रममा सहभागी भएको समयमा सुवेदीलाई प्रहरीले अपहरण शैलीमा प्रक्राउ गरेको थियो । उनलाई केकति कारणले गिरफ्तार गरियो भन्नेबारेमा प्रहरीले केहि जानकारी दिएको छैन ।

गिरफ्तार परेका नेतालाई रिहा गर्न आग्रह गर्दा पनि सरकारले नटेरेको भन्दै नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो । जसअन्तरगत हिजो सोमबार कोण सभा सम्पन्न गरेको नेकपाले आज मंगलबार मसाल जुलुस गर्ने र भोली आसोज १० गते आम हड्ताल गर्ने जनाएको छ ।

पहिलो चरणको आन्दोलन वाट पनि सुवेदीलाई रिहार्इ नगरे दास्रो चरणको कडा खालकाे आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने नेकपा रोल्पाले जानकारी दिएकाे छ ।

यसबीच नेकपाको आधार इलाका मानिने रोल्पामा नेकपाको बन्दलाई स्थानीयले समेत साथ् दिने भएका छन् । मंगलबार संचारकेन्द्रसँग कुरा गर्दै लिवाङका स्थानीय बल बहादुर घर्तीले नेकपाको आन्दोलनमा आफूहरुले पनि साथ् दिने बताए । ओली सरकार बलात्कारी, घुसखोर र भ्रष्ट्राचारीलाई कारवाही गर्नुको साटो लुकाउन र संरक्षण गर्न लागिपरेका भन्दै उनले त्यसकारण पनि नेकपाको आन्दोलनलाई साथ् दिने तर्क गरे ।

२०७५ असोज ९ मा प्रकाशित ।

Loading...